वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,३२ असार
नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा वडा तथा नगरपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम, बजेट तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । वडा नम्बर १३ का वडा अध्यक्ष सोम गुरुङको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यवाहक मेयर दिपक विश्वकर्मा,निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजाल, वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी,शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाइमा स्थानीय नागरिकहरूले वडा कार्यालय तथा नगरपालिकाको कार्यसम्पादनबारे आफ्ना गुनासा, सुझाव र अपेक्षाहरू प्रस्तुत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न विषय उठाएका थिए।

कार्यक्रममा सहभागीहरूले गाउँमा कृषि तथा भेटेरिनरी प्राविधिक नियमित रूपमा नपुगेको, वडा सचिवको अभाव रहेको, बजेट वितरण समानुपातिक हुनुपर्ने, कृषि अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने तथा विद्यार्थीहरूलाई सुरक्षित रूपमा विद्यालय पुग्न सक्ने बाटोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।त्यसैगरी, योजना फछ्र्योटमा हुने ढिलाइ अन्त्य गर्नुपर्ने, विपद् पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने, विपद्बाट प्रभावित विद्यालयहरूको मर्मत कार्य शीघ्र सम्पन्न गर्नुपर्ने, माध्यमिक विद्यालयहरूमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नुपर्ने तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषय पनि उठाइएको थियो। नागरिकहरुले उठाएको प्रश्नको जवाफ कार्यबाहक मेयर दिपक विश्वकर्माले दिनुभएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजालले आर्थिक बर्ष २०८२÷०८३ मा नगरपालिकाले सन्चालन गरेका योजनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।