नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ५, बुधबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
मुख्य समाचार
ताजा समाचार

धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  • २०८३ अषाढ ३०, मंगलबार
  • ३ महिना अघि
  • ९ मिनेट पढाइ
  • ५४०९ पटक पढिएको
धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

धादिङ,३० असार
धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका १३ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा तथा प्रमाणीकरण सम्पन्न गरेपछि जिल्ला खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्साल र मायादेवी शर्माको विशेष आतिथ्यमा धादिङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाभरका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण नियमित खोप प्राप्त गरेको सुनिश्चित भएपछि धादिङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। साथै आगामी वर्षहरूमा पनि कुनै बालबालिका खोपबाट नछुट्ने गरी कार्यक्रमलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

जिल्ला खोप समन्वय समितिका प्रमुख नवराज अधिकारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर प्रमुख अतिथि रहने कार्यक्रम रहे पनि विशेष कारणवश उपस्थित हुन नसकेको जानकारी दिइएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य गोविन्द लम्सालले पूर्ण खोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले स्वयंसेविकाको सेवाको उचित मूल्यांकन हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम, जनप्रतिनिधि र समुदायको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो। साथै धादिङ जिल्ला अस्पतालको पूर्वाधार विकासमा संघीय र प्रदेश सरकारबीचको अधिकारसम्बन्धी समस्या समाधान गर्न सबै पक्षले आवाज उठाउनुपर्ने बताउनुभयो।

प्रदेशसभा सदस्य मायादेवी शर्माले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको समर्पणको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रका आवश्यकताबारे स्थानीय तह र स्वास्थ्य संस्थाहरूले स्पष्ट माग प्रस्तुत गरे प्रदेश सरकारबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले कुनै पनि बालबालिका खोपबाट नछुट्ने सरकारको नीति कार्यान्वयनमा सबै स्थानीय तह सफल भएको बताउँदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा पालिकाहरूबीच अनुभव आदान–प्रदान र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो।


नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो स्वास्थ्य सेवा, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा नियमित खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको जानकारी दिनुभयो। उहाँले पूर्ण खोप सुनिश्चितता सबै स्थानीय तह, स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको साझा उपलब्धि भएको उल्लेख गर्नुभयो।ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले विकासका अन्य पूर्वाधारभन्दा नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै कुनै पनि बालबालिका नियमित खोपबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो। उहाँले खोप अभियानलाई थप प्रभावकारी बनाउन राजनीतिक दल, बुद्धिजीवी तथा सामाजिक अगुवाहरूको पनि सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले पूर्ण खोप सुनिश्चितता धादिङका लागि गौरवको विषय भएको बताउँदै स्वस्थ नागरिक निर्माण नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले मनसुनजन्य विपद्का कारण फैलिन सक्ने महामारीप्रति पनि सबै स्थानीय तहलाई पूर्वतयारी गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले धादिङका १३ वटै पालिका र १०४ वटै वडामा रहेका लक्षित बालबालिकालाई नियमित खोप सुनिश्चित गर्दै जिल्लाले पूर्ण खोप सुनिश्चितताको प्रमाणीकरण प्राप्त गरेको जानकारी दिनुभयो। उहाँले नेपाल सरकारले सञ्चालन गर्दै आएको नियमित खोप कार्यक्रम दक्षिण एसियाकै सफल सार्वजनिक स्वास्थ्य कार्यक्रममध्ये एक भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै तहको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानसमेत गरिएको थियो। सहभागी वक्ताहरूले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई आगामी वर्षहरूमा पनि प्रत्येक बालबालिकालाई समयमै नियमित तथा बुस्टर खोप सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

४ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

४ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

४ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0