Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

नेत्रावतीमा साइवर सुरक्षा तथा मनोपरामर्श तालिम सुरु

शिव प्र.लम्साल ५१२३ पटक पढिएको प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार (३ महिना अघि)
नेत्रावतीमा साइवर सुरक्षा तथा मनोपरामर्श तालिम सुरु

धादिङबेशी,२५ बैशाख । धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङमा साइबर सुरक्षा तथा मनोपरामर्श सम्बन्धी तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा धादिङ मनोसामाजिक संस्था नेपालको समन्वयमा गाउँपालिकाको सभाहलमा तालिम सञ्चालन गरिएको हो ।

वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाईवाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

साइबर सुरक्षा तथा मनोपरामर्श तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले बढ्दो साइबर अपराधबारे सचेत रहन पालिकाबासीलाई आग्रह गर्नुभएको छ । उहाँले प्रविधिको विकाससँगै साइबर अपराधका घटनाहरू बढ्दै गएको भन्दै मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले धेरै मानिसले प्रविधिको सही प्रयोगबारे पर्याप्त जानकारी नपाउँदा अनजानमै कानुनी समस्यामा पर्ने अवस्था सिर्जना भइरहेको उल्लेख गर्नुभयो । सामाजिक सञ्जालमा आएका लिंक, सन्देश वा सामग्री नबुझी शेयर गर्ने, निजी जानकारी आदानप्रदान गर्ने तथा गोपनीय सामग्री सुरक्षित नराख्ने प्रवृत्तिले समस्या निम्त्याइरहेको उहाँको भनाइ थियो ।

त्यसैगरि वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाईवाले सामाजिक सञ्जालको दुरुपयोगले युवापुस्तालाई कानुनी र सामाजिक समस्यामा पार्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । साइबर सुरक्षा सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष वाईवाले सामाजिक सञ्जालमा रिस वा आवेगमा लेखिएका सामग्री मेटाए पनि त्यसको अभिलेख केन्द्रीय प्रणालीमा सुरक्षित रहने भएकाले त्यसले भविष्यमा कानुनी झन्झट निम्त्याउन सक्ने बताउनुभयो ।

उहाँले मोबाइल र सामाजिक सञ्जाल अहिलेको आवश्यकता भए पनि त्यसको सुरक्षित प्रयोगबारे जानकारी आवश्यक रहेको उल्लेख गर्नुभयो । अपरिचित लिंक क्लिक गर्दा व्यक्तिगत सूचना चोरी हुने, साइबर ठगीमा फस्ने तथा मानसिक तनाव बढ्ने जोखिम रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष वाईवाले पछिल्लो समय युवापुस्तामा दुःख, तनाव र रिस सामाजिक सञ्जालमार्फत पोख्ने प्रवृत्ति बढ्दै गएको भन्दै परिवार तथा आफन्तसँग संवाद र अनुभव साटासाट गर्ने संस्कार कमजोर बन्दै गएको बताउनुभयो । उहाँले मोबाइल र सामाजिक सञ्जालमा अत्यधिक निर्भरता बढ्दै जाँदा पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर परेको उल्लेख गर्नुभयो ।

तालिमको पहिलो दिन जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रकाश देवे तथा धादिङ मनोसामाजिक संस्था नेपालका प्रमुख बद्री अधिकारीले साईबर सुरक्षाको बिषयमा सहजीकरण गर्नुभएको थियो । तालिम यहि बैशाख २७ गते सम्म संचालन हुनेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

  • समाचार
    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0