रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी,२१ चैत्र । लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीको अध्यक्षमा लायन राजाराम रिजाल निर्वाचित हुनुभएको छ । शनिवार धादिङबेसीमा सम्पन्न बर्ष २०२६/२०२७ को निर्वाचन कार्यक्रम मार्फत रिजाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
निर्वाचित समितिको प्रथम उपाध्यक्षमा डा. दिनेश रेग्मी, द्धिप्तीय उपाध्यक्षमा लायन तारा रिजाल,सचिवमा शुदर्शन गोम्जा र कोषाध्यक्षमा लायन बेदनाथ दनै निर्वाचित हुनुभएको छ । त्यसैगरि क्लव एडमिनिस्ट्रेटर लायन मन्दिरा आचार्य,सह सचिवमा डा. रेशम बिक्रम सिजाली, क्लव डाईरेक्टरमा लायन डा. अशोक छत्कुली, सर्भिस चियर पर्सनमा राजेश गुरुङ र मार्केटिक चियय पर्सनमा लायन हरि बहादुर सुनार निर्वाचित हुनुभएको छ ।
त्यसैगरि क्लवका सदस्यहरुमा पबित्रा रिजाल,जीत कुमारी गिरी,श्याम अधिकारी, राज कुमार ढुङ्गेल, राम बहादुर श्रेष्ठ, अशोक बिक, र मालती रसाईली रहनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष रिजालले क्लबलाई सामाजिक सेवामा अझ सक्रिय बनाउँदै समुदायमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा प्रमुख अतिथि जोन १२ का जोन चियरपर्सन लायन कृष्ण शिशिर ढकालले सामाजिक सेवामा ब्लवको भुमिका अब्लल रहेको भन्दै आगामी दिनमा पनि निरन्तरताको लागी शुभकामना व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ काठमाण्डौ सुर्यमुखीका बर्ष २०२५/२०२६ का अध्यक्ष विक्रम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, रोटरी क्लव धादिङका अध्यक्ष डा. राम रिजाल, लायन्स क्लब अफ भैरवीका अध्यक्ष बद्री अधिकारी, लायन्स क्लव अफ धादिङ मण्डलीका अध्यक्ष महेश रिजाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लबले धादिङमा स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |