वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,०४ चैत्र ।
धादिङको नीलकण्ठ नगरपालिकाले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण र सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले सहकारी पदाधिकारी तथा कर्मचारीका लागि क्षमता विकास तालिम सम्पन्न गरेको छ। नगरपालिकाको सहकारी शाखाको आयोजनामा सञ्चालित उक्त तालिममा नगर क्षेत्रमा दर्ता भई सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिममा सहकारी क्षेत्रका विज्ञ नवीन मैनालीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहकारी व्यवस्थापन, वित्तीय अनुशासन, सुशासन प्रवद्र्धन तथा सदस्य सेवामा सुधारका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो। सहभागीहरूले तालिमले सहकारी सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले सहकारी सञ्चालनमा पारदर्शिता, कानुनी प्रक्रिया र प्राविधिक मूल्याङ्कनलाई कडाइका साथ पालना गर्न निर्देशन दिनुभयो। उहाँले कुनै पनि निर्णय गर्दा आवश्यक अध्ययन नगरी हस्ताक्षर नगर्न आग्रह गर्दै प्राविधिक मूल्याङ्कन तथा प्रचलित बजार दरका आधारमा मात्रै काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख ढुंगानाले सहकारी क्षेत्रमा सिन्डिकेट अन्त्य गरी सबै साधारण सदस्यलाई समान अवसर सुनिश्चित गर्नुपर्ने बताउँदै लोकतान्त्रिक अभ्यासअनुसार नेतृत्व चयन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, सहकारीहरूको स्वमूल्याङ्कन, नियमित अनुगमन तथा उत्कृष्ट सहकारीलाई प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले उत्पादनमुखी गतिविधि, सुशासन र जिम्मेवार व्यवस्थापनमार्फत सहकारीले स्थानीय आर्थिक विकास र नागरिकको जीवनस्तर सुधारमा योगदान पु¥याउन सक्ने उल्लेख गर्नुभयो।
त्यसैगरी नगर उपप्रमुख दिपक विश्वकर्माले सहकारी संस्थाहरूलाई उत्पादनमुखी कार्यमा केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले गाउँमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै साना किसान तथा उद्यमीलाई सस्तो दरमा ऋण प्रवाह गरी आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। केही स्वार्थ समूहका कारण सहकारी क्षेत्रमा अविश्वास बढेको उल्लेख गर्दै उहाँले सुशासन, पारदर्शिता र उत्तरदायी व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विश्वकर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजाल, आर्थिक विकास समितिका संयोजक लक्ष्मण रम्तेललगायत सहकारी प्रतिनिधिहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।