वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, ०४ चैत्र ।
नीलकण्ठ नगरपालिका वडा नं। ८ मा वडा स्तरीय बालअधिकार समिति गठन गरिएको छ। वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायको सहभागितामा समिति गठन गरिएको हो।
नवगठित समितिको अध्यक्षमा वडाका निर्वाचित जनप्रतिनिधि दुर्गा अधिकारी चयन हुनुभएको छ। समितिमा विभिन्न क्षेत्रको प्रतिनिधित्व रहने गरी अन्य १० जना सदस्य चयन गरिएको छ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूबारे पनि छलफल गरिएको थियो। उक्त अवसरमा आधारभूत स्वास्थ्य चौकीकी एएनएम लक्ष्मी अधिकारी र वडा सचिव रमेश खनालले विषयवस्तुमाथि सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन नीलकण्ठ नगरपालिका धादिङका स्थानीय बालमैत्री शासन समितिका सहजकर्ता सुवास खतिवडाले गर्नुभएको थियो।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक मञ्जु मगर, वडाका जनप्रतिनिधि तथा कर्मचारी, आधारभूत स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, चार वटा विद्यालयका बाल संरक्षण शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बाल सञ्जालका प्रतिनिधि, अस्थायी प्रहरी पोस्ट पुच्छर बजारका प्रहरी प्रतिनिधि तथा लक्षित वर्ग समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।