नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ,३ चैत ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ लाई जोड्ने साँकोष–तिप्लिङ सडक (दामन पाख्रिन मार्ग) अन्तर्गत पुछार बजारमा पक्की पुल निर्माणको प्रक्रिया सुरु भएको छ। करिब साढे चार करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त पुलका लागि बहुवर्षीय टेण्डर आह्वान गरिएको छ।
नीलकण्ठ नगरपालिकाका नगरप्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको पटक–पटकको पहल, समन्वय र खबरदारीपछि पुल निर्माणको प्रक्रिया अघि बढेको हो ।
नगरप्रमुख ढुंगानाले तत्कालीन बागमती प्रदेशका अर्थमन्त्री कुन्दन काफ्लेलाई स्थलमै अनुगमन गराउँदै पुल निर्माण सुरु गर्न दबाब दिनुभएको थियो।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग पनि पुल निर्माणका लागि पहल र समन्वय गरिएको थियो।
केही महिनाअघि मात्र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटालाई भेटेर यही आर्थिक वर्षबाट पुल निर्माण कार्य सुरु गराउन ध्यानाकर्षण गराइएको थियो। उक्त भेटमा मन्त्री देवकोटाले करिब चार करोड लागतमा निर्माण हुने पुलको काम बहुवर्षीय टेण्डरमार्फत यसै वर्षबाट सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अर्थ मन्त्री प्रभात तामाङले बहुबर्षिय योजनामा समाबेश गर्नुभएको हो।
सोही प्रतिबद्धताअनुसार अहिले बहुवर्षीय टेण्डर आह्वान भएको हो। ३ करोड ७८ लाखमा निर्माण सम्पन्न हुने उक्त पुलको लागि चालु आर्थिक बर्षमा ३५ लाख रुपैँया छुट्याईएको छ । लामो समयदेखी पुल नहुँदा नागरिकहरुले सास्ती खेप्नु परेको थियो ।
उक्त स्थानमा पुल पुल निर्माण भएपछि नीलकण्ठ नगरपालिका सहित उत्तरी धादिङका ५ वटा पालिकाका नागरिकहरु लाभान्वित हुनेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |