Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य

डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु

नीलकण्ठ एफ.एम ५९२९ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १, आईतबार (५ महिना अघि)
डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु

धादिङ, चैत्र ०१ गते ।
डिभिजन वन कार्यालय धादिङले वन डढेलो सचेतना सप्ताह सुरु गरेको छ। हिउँदको समयमा डढेलो लाग्ने क्रम बढ्ने हुनाले न्यूनीकरण गर्ने उद्देश्यले वन डढेलो सचेतना सप्ताह सुरु गरिएको हो ।

सचेतना नै सुरक्षा वन डढेलो विरुद्ध हाम्रो प्रतिबद्धता भन्ने मूल मर्मका साथ अभियान सुरु गरिएको हो। राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय धादिङले वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरी सप्ताहको सुरु गरेको हो।

यो आर्थिक वर्षमा ५ ठाउँमा २५.६३ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्याएको वन कार्यलय धादिङका प्रमुख रोशना पोखरेलले बताउनुभयो । गत आर्थिक वर्षमा २३ ठाउँमा लागेको डडेलोले ३ सय १७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो । विशेषगरी फागुनदेखि असारसम्म डढेलोको जोखिम रहने गर्दछ ।

उहाँले भन्नुभयो, डडेलोबाट सम्भावित जोखिमलाई कम गर्न सचेतना कार्यक्रमदेखि विभिन्न खालका आवश्यक सामग्रीहरु वितरण गर्दै आएका छौं । उपभोक्ता समिति, स्थानीय, स्थानीय सरकार, सञ्चार जगत तथा सरोकारवाला निकाय सबैको पहल हुन सके डढेलो न्यूनीकरण गर्न सकिन्छ।

छलफल कार्यक्रममा उत्तरी धादिङको रुबीहाली गाउँपालिका देखि दक्षिणी धादिङको बेनीघाट गाउँपालिकासम्मका उपभोक्ता समितिका पदाधिकारीहरु, सरोकारवाला निकाय, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सीताराम अधिकारीले नागरिकलाई डडेलोबाट हुने नोक्सान र डढेलो लगाउनेहरूलाई हुने कानुनी कारबाहीको बारेमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।
बाँदर भगाउन, बाघ स्याल लगायतका वन्यजन्तु भगाउन, बारीमा मल आउने आश, बालबालिकाको रमाइलो लगायतका कारणले डढेलो लाग्ने गरेको छलफलमा उपस्थित भएकाहरुले बताएका छन्। डडेलो नियन्त्रणमा सरोकारवाला निकायले चासो दिनुपर्ने उहाँहरुको भनाइ छ ।

लामो समयदेखि वृक्षारोपण अभियानमा सक्रिय भूमिरमण नेपालले डढेलो लागिसकेपछि त्यसको क्षति र पुरानै अवस्थामा फर्काउन भन्दा डढेलो लाग्नै नदिन र वृक्षारोपणमा जोड दिनुपर्ने बताएका छन्। २०४२ सालमा आफूले नाङ्गो डाँडालाई हरियाली बनाउने अभियानमा लाग्दाका अनुभवहरू बाँड्दै उनले वनजङ्गल नेपालको ठूलो सम्पत्ति रहेको बताउँदै यसलाई संरक्षण गर्न सबै सरोकारवाला निकाय लाग्नुपर्ने बताएका हुन्।
आज आइतबारदेखि सुरु भएको वन डढेलो सचेतना सप्ताहमा धादिङमा विभिन्न कार्यक्रमको तयारी गरिएको छ। सातै दिन फरकफरक कार्यक्रम गरी सचेतना फैलाउने र डढेलो नियन्त्रणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रमको तय गरिएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय

    रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय

  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण

    वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण

  • समाचार
    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय

    रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय

    वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण

    वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0