Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

त्रिपुरासुन्दरीमा ‘श्री नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव’ आयोजना हुँदै, २५ दिनको देशव्यापी रथयात्रा सुरु

७८७९ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र १, आईतबार (४ महिना अघि)
त्रिपुरासुन्दरीमा ‘श्री नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव’ आयोजना हुँदै, २५ दिनको देशव्यापी रथयात्रा सुरु

धादिङबेशी,  १ चैत्र । घादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित श्री नृसिंह धाम क्षेत्रमा आगामी पुरुषोत्तम (अधिक) महिनाको अवसरमा भव्य धार्मिक महोत्सव आयोजना गरिने भएको छ। शनिबार धादिङबेशीमा मुल आयोजक समितिको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा महा महोत्सव अयोजना हुन लागिएको जानकारी दिईएको हो ।

श्री नृसिंह धाम पुरुषोत्तम महा–महोत्सव मूल आयोजक समितिले आयोजना गर्न लागेको उक्त महोत्सवले धार्मिक आस्था, आध्यात्मिक चेतना र धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

आयोजक समितिका अनुसार प्राचीन कालदेखि भगवान नृसिंहदेवको क्रीडास्थलका रूपमा मानिँदै आएको यो क्षेत्र धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। अनुसन्धान तथा उत्खननका क्रममा करिब १७०० वर्ष पुराना पुरातात्विक अवशेष भेटिएको बताइन्छ, जसले यस क्षेत्रको ऐतिहासिक महत्वलाई थप पुष्टि गरेको छ।

धार्मिक मान्यताअनुसार भक्त प्रह्लादको तपोबलबाट स्थापित १२ नृसिंह पीठमध्ये नेपालमा अवस्थित एकमात्र पवित्र पीठ यही भएकाले यसको विशेष महत्व रहेको आयोजकले जनाएको छ। यस कारण नेपाल मात्र नभई भारत लगायत विभिन्न देशका भक्तजन तथा तीर्थयात्रीका लागि यो क्षेत्र महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रूपमा रहेको छ।

महोत्सव अवधिभर विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने छन्। जसअन्तर्गत पुरुषोत्तम स्नान, व्रत–कथा श्रवण, हवन–पूजा, प्रवचन, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम लगायत गतिविधि सञ्चालन गरिनेछ। साथै ११ हजार शालिग्रामसहित विशेष दण्डवती परिक्रमा तथा श्री रामकथा कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।

भक्तजनको आध्यात्मिक तथा भौतिक जीवनमा शान्ति, सुख र समृद्धि कामना गर्दै करिब एक लाख भक्तजनलाई निःशुल्क सिद्ध लक्ष्मी–नरसिंह यन्त्र वितरण गर्ने कार्यक्रम समेत तय गरिएको समितिले जनाएको छ।

आयोजकका अनुसार महोत्सवले धार्मिक आस्था र आध्यात्मिक चेतनाको प्रवद्र्धन मात्र नभई धार्मिक पर्यटनको विकासमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ। देश–विदेशबाट लाखौं तीर्थयात्री तथा पर्यटक आउने अनुमान गरिएकाले यसले स्थानीय अर्थतन्त्र, होटल तथा आवास सेवा, यातायात, कृषि उत्पादन तथा साना उद्योग व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

महोत्सवको प्रचार–प्रसार तथा व्यवस्थापनका लागि फाल्गुण ३० गतेदेखि चैत २३ गतेसम्म २५ दिनको देशव्यापी रथयात्रा पनि सुरु गरिएको छ  । उक्त रथयात्रा देशका विभिन्न प्रमुख धार्मिक स्थल तथा शहरहरूमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

मूल आयोजक समितिले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, भक्तजन तथा सर्वसाधारणको सहयोग र सहभागिताका लागि अनुरोध गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

  • Post Thumbnail

    रोम विधान अनुमोदन गर्न सरकारसँग धादिङका अधिकारकर्मीको आग्रह

  • नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

  • समाचार
    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    Post Thumbnail

    रोम विधान अनुमोदन गर्न सरकारसँग धादिङका अधिकारकर्मीको आग्रह

    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0