Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ३, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

धादिङ अस्पतालको क्लिनिकल अडिटमा ८१ र न्यूनतम सेवा मापदण्डमा ८० अंक

११८५७ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन ३०, शनिबार (४ महिना अघि)
धादिङ अस्पतालको क्लिनिकल अडिटमा ८१ र न्यूनतम सेवा मापदण्डमा ८० अंक

धादिङबेशी,३० फागुन । धादिङ अस्पतालमा न्यूनतम सेवा मापदण्ड (एम.एस.एस.) कार्यान्वयन तथा क्लिनिकल अडिट मापन कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा फागुन २८ गतेदेखि सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो।

मापनको नतिजाअनुसार धादिङ अस्पतालले यस वर्ष क्लिनिकल अडिटमा ८१ अंक र न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा ८० अंक प्राप्त गरेको छ।
यसअघि आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनतर्फ ८२ अंक प्राप्त गरेको थियो।

बिभिन्न सुचकको आधारमा गरिएको मापनमा गभरर्नेस तथा म्यानेजमेन्टमा ९५ प्रतिशत,क्लिनिकल मेनेजमेन्टमा ७० प्रतिशत र हस्पिटल सपोर्ट सर्भिसमा ९४ प्रतिशत अंक हासिल गरेको हो ।

क्लिनिकल अडिट तथा न्यूनतम सेवा मापदण्डको मूल्यांकन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका निर्देशक डा. रामचन्द्र सापकोटा, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अफिसर डा. माधव पौडेल, रामेछाप अस्पतालका मेट्रोन यशोदा बराल, स्वास्थ्य निर्देशनालयका एम.एस.एस. फोकल पर्सन सुशील आचार्य तथा एम.एस.एस. अधिकृत बबिता रेग्मी लगायतको विज्ञ टोलीले गरेको थियो।

मूल्यांकन टोलीले धादिङ अस्पतालमा प्याथोलोजी सेवा, छुट्टै स्वास्थ्य बीमा काउन्टर, फार्मेसी सेवा, बायोमेडिकल उपकरण तथा मेडिकल रेकर्ड व्यवस्थापन राम्रो अवस्थामा रहेको उल्लेख गरेको छ।

त्यसैगरी आपतकालीन कक्षमा डिकन्टामिनेशन क्षेत्र र ट्रायाज क्षेत्र व्यवस्थापन गर्नुपर्ने, माइनर ओटी (साना शल्यक्रिया कक्ष) आवश्यक उपकरणसहित सुसज्जित बनाउनुपर्ने, ओपीडी तथा इमरजेन्सी क्षेत्रमा अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिइएको छ।

अस्पतालको भित्री (इनडोर) सेवामा बिरामीका लागि खेल्ने कोठा र कपडा फेर्ने कोठा व्यवस्थित गर्नुपर्ने, अन्तर–विभागीय र विभागभित्रको रिफरल तथा रेकर्ड प्रणाली सुदृढ गर्नुपर्ने सुझाव पनि टोलीले दिएको छ। अधिकांश विभागमा आपतकालीन तथा नार्कोटिक औषधिको व्यवस्थापन सुदृढ गर्न, क्याथ ल्याब,  सिटी स्क्यान सेवा सुरु गर्न, बर्थिङ सेन्टरलाई थप व्यवस्थित बनाउन तथा पोषण/डाइटिसियन सेवा सञ्चालन गर्न सुझाव दिइएको छ।

त्यस्तै, एचएमआईएस रजिस्टरमा आईसीडी कोड व्यवस्थित रूपमा राख्न, खोप सेवाका लागि छुट्टै स्थान तथा गोपनीयता सुनिश्चित गर्नुपर्ने विषय पनि टोलीले औंल्याएको छ।

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक त्रिभुवनचन्द्र झाले प्राप्त सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा अस्पतालको सेवा थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीय तहहरूसँग समन्वय गरी अस्पतालले सेवा अभिवृद्धिका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो। साथै स्वास्थ्य बीमाको दाबी भुक्तानीका विषयमा आफूले आवश्यक सहजीकरण गर्ने उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक नरेन्द्रकुमार झाले मूल्यांकनको समयमा मात्रै अस्पताल ‘दुलही सिँगारिएको’ जस्तो हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सेवामा गुणस्तर कायम राख्न निरन्तर सुधार आवश्यक रहेको बताउनुभयो। सीमित जनशक्तिका कारण स्वास्थ्य क्षेत्रमा चुनौती रहेको उल्लेख गर्दै उहाँले सेवा गुणस्तर सुधारका लागि थप जनशक्ति आवश्यक रहेको धारणा राख्नुभयो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले अस्पताल विस्तारका लागि आफ्नै जग्गा उपभोग गर्न नपाउँदा अपेक्षित रूपमा सेवा विस्तार गर्न कठिनाइ भएको बताउनुभयो। साथै धादिङ अस्पतालप्रति नकारात्मक सोच अन्त्य गर्दै सकारात्मक सुझावसहित ब्यवस्थापन पक्षलाई सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

  • Post Thumbnail

    रोम विधान अनुमोदन गर्न सरकारसँग धादिङका अधिकारकर्मीको आग्रह

  • नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

  • समाचार
    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    Post Thumbnail

    रोम विधान अनुमोदन गर्न सरकारसँग धादिङका अधिकारकर्मीको आग्रह

    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0