Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

नीलकण्ठ एफ.एम ४५७७ पटक पढिएको प्रकाशित मिति: २०८२ फागुन १२, मंगलबार (६ महिना अघि)
रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

धादिङ, १२ फागुन ।
राजनीतिमा जब पुस्तान्तरण र एजेन्डाको कुरा उठ्छ, तब धेरैले भन्ने गर्छन– ’अब पुरानै शैलीले चल्दैन।’ यही बदलिएको चाहना र ’जेन–जी’ (Gen–Z) पुस्ताको विद्रोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका तर्फबाट धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश धमला एउटा स्पष्ट मार्गचित्रसहित चुनावी मैदानमा उत्रिनुभएको छ।

“म भाषणभन्दा बढी परिणाम दिने राजनीतिमा विश्वास गर्छु,“ धमलाको यो वाक्यले उनको चुनावी अभियानको मर्म बोकेको छ । २०८२ को निर्वाचनका लागि उनले सार्वजनिक गरेको प्रतिबद्धता–पत्र केवल शब्दको थुप्रो मात्र होइन, धादिङको भूगोल, आवश्यकता र जनताको मनोविज्ञान बुझेर तयार पारिएको एउटा ’विकासको खाका’ हो ।

गत भाद्रमा भएको युवा विद्रोहका मुद्दाहरूलाई आत्मसात गर्दै धमलाले ’नवप्रवर्तन (क्तबचतगउ) सहायता’ र ’परियोजना धितो राखेर ऋण पाउने’ व्यवस्थालाई आफ्नो प्राथमिकताको पहिलो बुँदामा राख्नुभएको छ। विदेशिएका युवाको सीपलाई स्वदेशमै उपयोग गर्ने ’रिटर्नी आप्रवासीमैत्री वातावरण’ निर्माण गर्ने उनको संकल्पले पलायन रोक्ने एउटा ठोस आशा जगाएको छ।

धादिङको आर्थिक समृद्धिको मेरुदण्ड मानिएको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण तत्काल सुरु गराउने र मुआब्जाको समस्या सधैँका लागि समाधान गर्ने धमलाको मुख्य एजेन्डा हो। धादिङबेँसीदेखि तिप्लिङ–सोमदाङसम्मको सडक कालोपत्रे गर्ने, सबै पालिका जोड्ने पक्की सडक र थोपलखोला एवं आँखुखोलामा मोटरेबल पुलहरूको सञ्जाल, गाउँ–गाउँमा उच्च गतिको इन्टरनेट पु¥याएर सेवा र शिक्षालाई डिजिटल बनाउने धमलाको घोषणा पत्रमा उल्लेख छ ।

धमलाले धादिङ अस्पताललाई १०० शैय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने र सल्यानटार अस्पताललाई ५० शैय्याको बनाउने योजना अघि सार्नुभएको छ । “एक घर–एक धारा“ र दीर्घरोगीलाई निःशुल्क उपचारको व्यवस्थाले जनताको मौलिक हकलाई व्यवहारमा उतार्ने लक्ष्य राखेको देखिन्छ।

शिक्षा क्षेत्रमा ’इन्नोभेशन ल्याब’ र प्राविधिक शिक्षाको विस्तार गर्दै उनले प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने योजनामार्फत युवा खेलाडीहरूलाई उत्साहित बनाउनुभएको छ ।

धादिङको ’रुबी भ्याली’ र ’गणेश हिमाल’ क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन हब बनाउने धमलाको योजना छ। रुबी भ्यालीमा अन्तर्राष्ट्रिय माउन्टेनियरिङ स्कुल स्थापना गर्ने र “एक गाउँ–एक उत्पादन“ मार्फत कफी, अदुवा र महको राष्ट्रिय–अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्यले स्थानीयको आयस्तर उकास्ने देखिन्छ।

यस क्षेत्रको जनताको जीवनस्तर सुधार्न र दैनिक जनजीवन उकास्ने पहिलो आधार सडक र पर्यटन नै भएकाले सडक र पर्यटन केन्द्रित पुर्वाधारको योजना निमार्ण र कार्यान्वयमा आफुले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । “बदलिएको कांग्रेसमार्फत काम र परिणाममा आधारित राजनीति गर्न मेरो उम्मेदवारी हो,“ धमला भन्नुहुन्छ ।

उहाँको प्रतिबद्धता–पत्रमा भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र ’गुठीपीडित’ समस्याको समाधान जस्ता संवेदनशील विषयहरूलाई समेत प्राथमिकताका साथ समेटिएको छ। द्वन्द्वपीडित र शहीद परिवारका लागि विशेष सहायताको प्रतिबद्धताले सामाजिक न्यायप्रतिको उहाँको लगाव प्रष्ट पार्छ।

नेपाली कांग्रेसको ’भिजन–१०’ को जगमा उभिएर रमेश धमलाले धादिङ २ का लागि जे–जस्ता संकल्पहरू अघि सार्नुभएको छ, तिनीहरूको सफल कार्यान्वयनले धादिङलाई केवल भौतिक रूपमा मात्र होइन, आर्थिक र सामाजिक रूपमा पनि समुन्नत बनाउने देखिन्छ।
अबको पालो धादिङका मतदाताको हो— के उनीहरूले यो ’परिणाममुखी’ भिजनलाई अनुमोदन गर्लान? यसको फैसला आगामी निर्वाचनले गर्नेछ।

धमलाको घोषणापत्रका मुख्य ९ क्षेत्रहरु
१. युवा, रोजगारी र गरिखाने वातावरण
२. पूर्वाधार विकास (बाटो, पुल, बिजुली, सूचना प्रविधि)
३. स्वास्थ्य, खानेपानी र सरसफाइ
४. शिक्षा तथा खेलकुद
५. आर्थिक विकास (कृषि, उद्योग, सहकारी र निजी क्षेत्र)
६. पर्यटन र सांस्कृतिक पहिचान
८. सामाजिक न्याय र समावेशिता
९. सुशासन, लोकतन्त्र र राजनीतिक प्रतिबद्धता

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

  • समाचार
    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0