नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
मुख्य समाचार
ताजा समाचार

धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे : विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणको योजना

  • २०८२ फागुन ६, बुधबार
  • ८ महिना अघि
  • ७ मिनेट पढाइ
  • ४४६९ पटक पढिएको
धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे : विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणको योजना

धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टीका धादिङ क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे निर्वाचन क्षेत्र केन्द्रीत ६ एजेन्डा लिएर चुुनावी प्रतिस्पर्धा गरिरहेका छन् । गहकिलो राजनीतिक बिराशत र विगतमा जनप्रतिनिधिको रुपमा गरेका उल्लेखनीय कामहरुको फेहरिस्त बोकेर उनी मतदाताका माझमा मत मागिरहेका छन् । पटक–पटक निर्वाचित भएको यस क्षेत्रमा उनी पुनः जनताबाट अनुुमोदित हुने तयारीमा छन् । उनले धादिङ १ मा सडक, पुल र झोलुुङ्गे पुल, जलविद्युुत, शिक्षा, स्वास्थ्य र खेलकुद, कृषि क्षेत्र, रोजगारी सिर्जना र सीप विकासलाई बढी प्राथमिकतामा राखेर आफ्नो एजेन्डा तय गरेका छन् ।

पृथ्वी राजमार्गको समानान्तर राजमार्ग निर्माणमा जोड

पाण्डेले संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिर जाने एक मात्र राष्ट्रिय राजमार्ग पृथ्वी राजमार्गले सवारीको चापलाई धान्न नसक्ने स्थिति भएकाले समानान्तर रुपमा राजमार्ग बनाउन बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् । धादिङस्थित धुनिबेशी नगरपालिका वडा नं. ५ धार्के बजारबाट सुरु गरी मान्खुटार–गल्छी–कल्लेरीटार– केउरीनीटार–पिपलटार–परेवाटार–आरुवासटार–बेनिदोभान–गण्डकी प्रदेशको घ्याल्चोकटार मुग्लीङ देखि गैडाकोट सम्म समानान्तर राजमार्ग निर्माण गर्ने उनको योजना छ । उनले सुवागढी–गल्छी–मलेखु–महादेवस्थान–चितवनको भण्डारा ठोरी हुँदै भारत सम्म जोडिने त्रिदेशिय मार्ग सम्पन्न गर्न बजेट व्यवस्थापनको प्रयास गर्ने बताएका छन् । त्यस्तै, मलेखु धादिङबेसी हुँदै उत्तरी धादिङको रुविभ्याली गाउँपालिका देखि रसुवा जिल्लाको स्याफ्रुबेसी जोड्ने सडकलाई १२ महिनै चल्ने बनाउन बजेट व्यवस्थापनको पहल गर्ने उनले उल्लेख गरेका छन् ।

पक्की पुल र झोलुुङ्गे पुललाई पनि उत्तिकै प्राथमिकता

उनले त्रिसुली नदि माथि विभिन्न स्थानमा पुल निर्माणका लागि ध्यान दिने प्रतिबद्धता गरेका छन् । गजुरी १ चालिसे र सिद्धलेक ६ माझिटारका विचमा पक्की पुल, बेनिघाट ३ र सिद्धलेक ३ विच मालीत्रामा पक्की पुल, बेनिघाट ९ र गण्डकी गाउँपालिका विच ज्यामीरेघाट देखि मझिमटार सम्मको उपयुक्त स्थानमा मोटर हिड्ने पक्की पुल निर्माण गर्ने याजना अघि सारेका छन् । अन्य विभिन्न स्थानमा पक्की पुल र झोलुुङ्गे पुल निर्माणको प्रस्ताव उनले गरेका छन् ।

धादिङमै विश्वविद्यालय स्थापनाको योजना

उनले धादिङ र गोर्खा जिल्लाको विचमा रहेको बुढिगण्डकी जलविद्युत आयोजना सुरु गर्न दबाबमुलक भुमिका खेल्ने पनि बताएका छन् । वागमती प्रदेश सरकारको तर्फबाट धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. २ र ३ मा मनमोहन मेमोरियल विश्वविद्यालय स्थापनाको लागि प्रयत्न गर्ने उनको प्रतिबद्धता छ । मलेखुमा रहेको सामुदायिक अस्पताललाई १०० शैयाको अस्पताल बनाउने र त्यसलाई ट्रमा सेन्टरको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने उनको घोषणा छ ।

क्रिकेट मैदान, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल स्थापनासम्मको योजना

पाण्डेले थाक्रे गाउँपालिका १ विर्ताचौरमा क्यान्सर अस्पताल स्थापना गर्ने उनको योजना छ । उपयुक्त स्थानमा क्रिकेट मैदान बनाउने प्रतिबद्धता पनि उनले गरेका छन् । धुनिवेशी ५ पुरानो धार्के बजारमा निर्माण भएको फुटवल मैदानलाई राष्ट्रिय मापदण्ड अनुसारको बनाउन र सिद्धलेक गाउँपालिका ७ वर्खेघाटमा बन्दै गरेको फुटबल मैदानलाई सम्पन्न गर्न बजेट व्यवस्था गराउने प्रयास गर्ने प्रतिबद्धता गरिएको छ ।

सरकारी खर्चमै युवाहरुलाई ३ महिने, ६ महिने, ९ महिने र १८ महिने सम्मका शिप विकास तालिमको व्यवस्था गरी रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम ल्याउने घोषणा पनि उनले गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

२ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

२ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

४ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

४ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

५ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

६ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

६ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

६ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0