नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

धादिङमा २ हजार ७३३ किशोरीलाई एचपिभि खोप लगाइँदै

नीलकण्ठ एफ.एम
  • २०८२ माघ २०, मंगलबार
  • ८ महिना अघि
  • ६ मिनेट पढाइ
  • ४१३७ पटक पढिएको
धादिङमा २ हजार ७३३ किशोरीलाई एचपिभि खोप लगाइँदै

धादिङ,माघ २० गते ।
धादिङ जिल्लामा २ हजार ७ सय ३३ किशोरीलाई एचपिभि (HPV) खोप लगाइने भएको छ। महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २ हजार ७३३ किशोरीलाई एचपिभि (HPV) खोप लगाइने भएको हो।

एचपिभि खोप अभियान माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीहरू तथा विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका किशोरीहरूलाई खोप प्रदान गरिनेछ।

खोप अभियानका लागि खोप सामग्री जिल्लामा आइसकेको र वितरण प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो। जिल्लाभर २ सय ५६ विद्यालयमा स्थापन गरिएको खोप केन्द्रमार्फत १ सय ९८ स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवकको सहयोगमा खोप लगाइनेछ।

विद्यालय बाहिर रहेका लक्षित किशोरीहरू खोपबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले खोजी तथा पहिचानको कामसमेत भइरहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले जानकारी दिनुभयो। अभियान अवधिमा कुनै कारणवश खोप लगाउन छुटेमा फागुन महिनामा सञ्चालन हुने नियमित खोप कार्यक्रममार्फत खोप उपलब्ध गराइने उहाँले बताउनुभयो।

जनस्वास्थ्य कार्यलय धादिङद्धारा आयोजित नसर्ने रोग रोकथाम, न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनसम्बन्धी जिल्ला स्तरीय समन्वय समितिको बैठकमा नसर्ने रोगहरूको अवस्था र मानसिक स्वास्थ्य प्रवद्र्धनबारे समेत छलफल गरिएको थियो।

जनस्वास्थ्य कार्यालय प्रमुख पौडेलका अनुसार गत वर्ष धादिङ जिल्लामा ४ सय १ जना क्यान्सर बिरामीको उपचार खर्चका लागि सिफारिस गरिएको थियो ।

कार्यक्रममा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक नवराज अधिकारीले खोपसम्बन्धी जनचेतनाको कमी, उमेर निर्धारणमा देखिने व्यवहारिक जटिलता र स्वास्थ्य सेवाप्रति पहुँच प्रमुख चुनौतीका रूपमा औंल्याउनुभयो। उहाँले गत वर्ष जिल्लामा पहिलो पटक सञ्चालन भएको एचपिभि खोप कार्यक्रम यस वर्ष कक्षा ६ मा मात्र सीमित भएको उल्लेख गर्दै उमेर गणनामा लचकता आवश्यक रहेको धारणा राख्नुभयो।

संघ, प्रदेश, पालिका र वडास्तरमा सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमबारे स्पष्ट जानकारीको अभावका कारण सेवाप्रवाहमा समस्या देखिएको भन्दै संघ र प्रदेशका स्वास्थ्य कार्यक्रम सार्वजनिक गर्न तथा पालिकाहरूले आफ्ना क्षेत्रभित्र उपलब्ध स्वास्थ्य सेवाको विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

साथै, बागमती प्रदेश सरकारको ‘हेल्थ इन अल पोलिसिज’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पालिकामा पालिकास्तरीय खोप समन्वय समिति गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, गैसस महासंघका अध्यक्ष तोला कुमारी पाठक लगायतको सहभागिता रहेको थियो ।

May be an image of one or more people, hospital and text that says "नसनें रोग रोकशाबर रनयव्याय मानसिक सिक स्वास्थ प्रधथन सम्तनिघय जिल्ला सूतरीय समन्वय सुभितिके बैठक सिति मात: स्थान: आयोजक जनस्वास्थ्यकार्यालय जनस्वास्थ कार्यलय धादिड"

May be an image of one or more people, people studying and text

May be an image of one or more people, people studying, table and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

३ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

३ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0