नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
मुख्य समाचार
ताजा समाचार

गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

  • २०८२ माघ २०, मंगलबार
  • ८ महिना अघि
  • ७ मिनेट पढाइ
  • ५१८९ पटक पढिएको
गल्छीको खुवा र सल्यानटारको मास, खरीको पिँडालुले ततायो धादिङ महोत्सव

धादिङबेशी । दशौँ धादिङ महोत्सवमा नेपालमै उत्कृष्ट मानिने गल्छीको खुवा र सल्यानटारको मास र खरीको पिंडालुले विशेष चर्चा पाएका छन् । महोत्सव सुरु भएको पहिलो दिनदेखि नै यी स्थानीय उत्पादनप्रति दर्शक तथा उपभोक्ताको उल्लेख्य भीड देखिएको छ ।

गल्छी गाउँपालिका–स्थित धिताल मिठाइ पसलबाट ल्याइएको गल्छीको खुवा, लस्सी, छुर्पी, गुँदपाक र पुष्टकारी महोत्सवको मञ्च अगाडि राखिएको स्टलमा बिक्रीका लागि राखिएको छ । देशभर यात्रा गर्नेहरूले गल्छी पुगेपछि खुवा र लस्सी नखाई नफर्कने परम्परा नै बनेको भन्दै महोत्सवमा समेत यसको स्वाद लिन उपभोक्ताको भीड लागेको छ ।

देशका नेता तथा उच्च प्रशासकसमेत गल्छी पुग्दा खुवा खाने गरेको स्मरण गर्दै आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले महोत्सवमा गल्छीको खुवा आएपछि चहलपहल झनै बढेको बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादनले बजार पाउँदा किसान र उद्यमी दुवै उत्साहित भएका छन् ।

यसैगरी, सल्यानटारको मासले पनि महोत्सवलाई थप ऊर्जा दिएको छ । स्वादिलो, सजिलै पाक्ने र पूर्ण रूपमा स्थानीय उत्पादन भएकाले सल्यानटारको मास तथा मासको दाल नाम सुन्नासाथ उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । महोत्सवको कृषि तथा स्थानीय उत्पादन स्टलमा सल्यानटारको मास बिक्री भइरहेको मास विक्रेता सञ्जु श्रेष्ठले जानकारी दिनुभयो । हाल सल्यानटारको मास प्रतिपाथी एक हजार रुपैयाँमा बिक्री भइरहेको छ भने सल्यानटारको कालो भटमास पनि सोही मूल्यमा उपलब्ध रहेको उहाँले बताउनु भयो ।

सरकारले अघि सारेको “एक गाउँ, एक उत्पादन” नीतिअन्तर्गत सल्यानटार क्षेत्र मास र भटमासको उत्पादनका लागि परिचित बन्दै गएको छ । स्थानीय उत्पादनले बजार पाउने वातावरण बनेसँगै किसानको आत्मविश्वास बढेको स्थानीयको भनाइ छ । गल्छीको स्वादिलो खुवा र सल्यानटारको अर्गानिक मासले यस वर्षको धादिङ महोत्सवलाई थप रौनक दिएको छ भने स्थानीय उत्पादनले नै अर्थतन्त्र चलाउन सकिन्छ भन्ने सशक्त सन्देश पनि दिएको छ ।

त्यसैगरी खरिको पिँडालु पनि पछिल्लो समय स्वाद र पोषणका कारण उपभोक्ताको रोजाइमा पर्दै गएको छ । विशेष गरी ग्रामीण भेगमा परम्परागत रूपमा खेती हुँदै आएको पिँडालु अहिले बजारमुखी बालीका रूपमा चिनिन थालेको छ । खरिमा उत्पादन हुने पिँडालु स्वादिलो, सजिलै पक्ने र रासायनिक मल तथा विषादीको प्रयोग न्यून हुने भएकाले अर्गानिक उत्पादनका रूपमा परिचित हुँदै गएको छ ।

वर्षौंदेखि घरेलु प्रयोजनका लागि मात्रै उत्पादन हुँदै आएको पिँडालु पछिल्ला वर्षहरूमा बजारसम्म पुग्न थालेपछि किसानको आम्दानीको स्रोतसमेत बन्दै गएको छ । स्थानीय किसानहरूका अनुसार खरिमा उत्पादन हुने पिँडालु तरकारी, अचार र चिप्सलगायत विभिन्न परिकारका लागि उपयुक्त हुन्छ । विशेष गरी स्थानीय होटल, भोजभतेर तथा चाडपर्वको समयमा यसको माग उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

कृषि प्राविधिकहरूका अनुसार पिँडालुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, फाइबर र खनिज तत्व पाइने भएकाले स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ । न्यून लागतमा उत्पादन गर्न सकिने भएकाले साना किसानका लागि यो बाली लाभदायक विकल्प बन्दै गएको उनीहरूको भनाइ छ ।

खरि क्षेत्रका किसानहरूले प्रचार प्रसारकै लागी महोत्सवमा स्टल लिएर बिक्री बितरणमा जुटेका हुन् । आगामी दिनमा पिँडालुले धादिङको अर्को पहिचान बनाउन सक्ने सम्भावना रहेको उनीहरूको विश्वास छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको महोत्सवमा खरिमा उत्पादन हुने पिँडालुले अर्को चर्चा पाएको छ । यसले किसानलाई प्रोत्साहन मिल्नुका साथै उपभोक्तालाई पनि स्थानीय उत्पादनप्रति आकर्षित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

३ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

३ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0