नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिका–१ मार्पाक निवासी उत्तम अधिकारी पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अधिकारीसहितको टोलीलाई पार्टीका शीर्ष नेताहरूले स्वागत गरेका हुन् ।
धादिङ जिल्लामा सञ्चालित एक मात्र टेलिभिजन दिव्यदर्शन टेलिभिजन का सञ्चालकसमेत रहेका अधिकारीको रास्वपामा प्रवेशसँगै जिल्लाको राजनीतिक वृत्तमा नयाँ हलचल पैदा भएको छ । लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका अधिकारीले नेकपा एमाले परित्याग गरी रास्वपामा आबद्ध भएका हुन् ।
कार्यक्रममा बोल्दै रास्वपाका नेताहरूले अधिकारीजस्ता सञ्चार र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिताले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । उनीहरूले धादिङमा वैकल्पिक राजनीति मजबुत बनाउन अधिकारीको भूमिका महत्वपूर्ण रहने बताए ।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै अधिकारीले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिका लागि रास्वपा उपयुक्त प्लेटफर्म भएको उल्लेख गरे । उनले अब नयाँ सोच र ऊर्जाका साथ जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उत्तम अधिकारीको प्रवेशसँगै आगामी दिनमा धादिङको राजनीतिमा यसको प्रभाव देखिने राजनीतिक विश्लेषकहरूको भनाइ छ । रास्वपामा प्रवेशको लहरले धादिङ क्षेत्र न २ का उम्मेद्वार बोधनारायण श्रेष्ठलाई सहयोग पुग्ने देखिन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |