धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङबेशी,२० पौष । नेकपा एमाले धादिङ जिल्ला कमिटीको बैठकले उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भूमि त्रिपाठी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टी विधानअनुसार श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो।
जिल्ला कमिटीको बैठकले केन्द्रीय कमिटिमा निर्वाचित नेताहरूलाई सम्मानसमेत गरेको छ। सम्मानित हुने नेताहरूमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, केन्द्रीय सदस्य डा. खेमप्रसाद लोहनी र भूमि त्रिपाठी रहेका छन्।
जिल्ला कमिटीको बैठककै अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा पार्टीको नीति, विचार र संगठन निर्माणमा पुर्याएको योगदानको कदर गर्दै नेताहरूलाई सम्मान गरिएको नेकपा एमाले धादिङ जिल्ला कमिटीले जनाएको छ।
पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित गरिएको जिम्मेवारी हस्तान्तरण र सम्मान कार्यक्रमले जिल्लामा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय हुने विश्वास गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |