नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी, १९ पौष । धादिङमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार बन्न इच्छुक नेताहरूले निवेदन दर्ता गराएका छन् । नेकपा एमाले धादिङका निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूको बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन चाहने नेताहरूले औपचारिक रूपमा निवेदन पेश गरेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर २ को समन्वय कमिटी बैठकमा डा. खेम प्रसाद लोहनी, अर्जुनकुमार श्रेष्ठ, डा. रामकुमार अधिकारी, चन्द्र रिजाल, उमेश थापा, कृष्णकुमारी थापा, शम्भु थापा र धनबहादुर घलेले प्रतिनिधिसभा उम्मेदवारका लागि निवेदन दिएका छन् ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर १ को समन्वय कमिटी बैठकमा भूमि त्रिपाठी, कमला शर्मा, मिनराज कँडेल, दीपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया र कपिल अधिकारीले उम्मेदवारीका लागि निवेदन दर्ता गराएका छन् ।
पार्टीको विधान र निर्णयअनुसार निर्वाचन क्षेत्रीय समन्वय कमिटीले निवेदन दिएका नेताहरूको नामावली जिल्ला कमिटीमा पठाउने जनाएको छ । जिल्ला कमिटीले आवश्यक छलफल र मूल्यांकनपछि ती नामहरूलाई नेकपा एमाले केन्द्रीय कमिटीमा सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण र उम्मेदवार छनोट प्रक्रिया तीव्र पारिएको नेकपा एमाले धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |