Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

४२८ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २०, शनिबार (३ महिना अघि)
स्वास्थ्यकर्मीको बलिदान पैसाले होइन, सम्मानले तौलिनुपर्छ: अध्यक्ष थपलिया

धादिङबेशी २०,मंसिर । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया बिवेकले महिला स्वास्थ्य स्वयंसेविका लगायत  स्वास्थ्यकर्मीहरूको कामलाई पैसा वा सेवा-सुविधाले मूल्याङ्कन गर्न नसकिने भन्दै उहाँहरूको त्यागलाई बिशेष सम्मान  मार्फत उच्च कदर गरिने बताउनु भएको छ। शुक्रबार पालिकामा आयोजित २२औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवसको भव्य समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले स्वास्थ्यकर्मीहरूको बलिदान र तपस्याको तुलना कुनै पनि आर्थिक लाभसँग हुन नसक्ने भन्दै उहाँहरूको योगदानलाई गाउँपालिकाले सधैँ शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महिला स्वास्थ्य स्वयंसेविकाहरू ‘पहिलो डाक्टर’

अध्यक्ष थपलियाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँटोल समाजको ‘पहिलो डाक्टर’ को रूपमा परिचित गराउनुभयो। उहाँले भन्नुभयो, “जहाँ पहिलो मान्छे बिरामी बन्छ, पहिलो मान्छेलाई ज्वरो आउँछ, त्यहाँ सबैभन्दा पहिला डाक्टर भनेर महिला स्वास्थ्य स्वयंसेविकालाई खोज्छ।” उहाँका अनुसार स्वास्थ्य क्षेत्रको कामलाई सेवा-सुविधाको आधारमा कमै मूल्याङ्कन भए पनि उहाँहरूले गरेको त्यागको कारण समाजले सधैँ सम्मान गर्छ र सरकारले पनि सेवा सुविधामा नभई सम्मानमा मूल्याङ्कन गरिरहेको छ।

उत्कृष्ट कर्मचारीको सम्मान र निरन्तरता

गाउँपालिकाले विगत वर्षदेखि नै स्वास्थ्य दिवस मनाउने र उत्कृष्ट स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम अगाडि बढाएको थपलियाले जानकारी दिनुभयो। उत्कृष्ट सम्मानको घोषणा कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष चारवटा साबिकको गाविस अनुसार चार जना महिला स्वास्थ्य स्वयंसेविकालाई र सोही हैसियतमा पोषण स्वास्थ्य स्वयंसेवकलाई पनि उत्कृष्ट सम्मान गरिने घोषणा उहाँले गर्नुभयो।

उहाँले बेनिघाट रोराङ गाउँपालिकामा कुर्चीमा बस्दा मात्रै अध्यक्ष, उपाध्यक्ष वा हाकिम चिनिने तर कुर्चीबाट बाहिर निस्किएपछि कामका लागि सबै एउटै रहेको र यही एकताले पालिकालाई उत्कृष्ट बनाएको बताउनुभयो।

उत्कृष्टता टिकाई राख्ने चुनौती र भावी योजना

अध्यक्ष थपलियाले बेनिघाट रोराङ गाउँपालिकालाई उत्कृष्टमै टिकाई राख्न सबै कर्मचारी र समुदायलाई चुनौती रहेको बताउनुभयो।”सगरमाथाको शिखरमा बसिरहन धेरै कठिन छ, गाह्रो छ,” उहाँले भन्नुभयो, “यो टिकाउने काम यहाँहरूकै हो।” उहाँले यो कार्यक्रम (स्वास्थ्य दिवस) मानव समाज र बेनिघाट रोराङ रहुन्जेलसम्म निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आगामी वर्षहरूमा स्वास्थ्य दिवसलाई रमाइलो र नमुनाको रूपमा विकास गरिने बताउँदै उहाँले यसलाई स्वास्थ्य सेक्टरमा काम गर्ने साथीहरूको प्रस्तुति देखाउने, कला देखाउने, भावनात्मक एकता र भावना आदानप्रदान गर्ने कार्यक्रम बनाइने स्पष्ट पार्नुभयो।  कार्यक्रम स्वास्थ्यकर्मीहरूकै होस् भन्ने उद्देश्यले वडा अध्यक्ष तथा राजनीतिक पार्टीका नेताहरूको मन्तव्य पूरै रोक्ने निर्णय गरिएको जानकारी उहाँले दिनुभयो। अध्यक्ष थपलियाले गाउँपालिकाको अन्तिम उद्देश्य ३४ हजार जनतालाई नै एक बनाउने रहेको र यसका लागि सबै कर्मचारी र जनप्रतिनिधि एक ढिक्का भएर अगाडि बढिरहेको बताउनुभयो।

अन्तमा, अध्यक्ष थपलियाले स्वास्थ्यकर्मीहरूको जाँगरिलोपनको प्रशंसा गर्दै बेनिघाटले उहाँहरूको योगदानलाई कहिल्यै नबिर्सने बताउनुभयो र कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने सम्पूर्ण कलाकार साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

  • धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

  • नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

  • समाचार
    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0