Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

धादिङेली स्वास्थ्यकर्मीहरूबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया

७९१० पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २५, मंगलबार (९ महिना अघि)
धादिङेली स्वास्थ्यकर्मीहरूबीच भर्चुअल माध्यमबाट अन्तरक्रिया

धादिङबेशी २५ कात्तिक । धादिङका स्वास्थ्यकर्मीहरूबीच अनुभव आदानप्रदान र समन्वय बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले भर्चुअल माध्यमबाट स्वास्थ्यकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धादिङका स्वास्थ्यकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाजले “स्वस्थ धादिङ समुदायका लागि एक साथ” भन्ने नाराका साथ अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा धादिङमा जन्मथलो भएका र हाल स्वदेश तथा विदेशमा कार्यरत डाक्टर, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, अडियोलोजिष्ट, सार्वजनिक स्वास्थ्य विज्ञ र चिकित्सा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

जिल्लाको वर्तमान स्वास्थ्य अवस्था, चुनौतीहरू र समाधानका साथै सहयोगको प्राथमिक क्षेत्र पहिचान गर्नु, विशेषज्ञ र स्वास्थ्यकर्मीबीच ज्ञान साझा गर्नु, बलियो र दिगो नेटवर्क स्थापना गर्नु, तथा समुदायमा स्वास्थ्य परियोजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने रणनीति तयार गर्ने उद्धेश्यले कार्यक्रम गरिएको समाजका प्रवक्त सुदिप भुषण अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा धादिङका स्थानीय स्वास्थ्यकर्मी र स्वदेश तथा विदेशमा रहेका विशेषज्ञहरूले जिल्लामा देखिएका समस्या र समाधानका उपायहरूबारे विचार व्यक्त गर्नुभएको थियो । साथै, विदेशमा रहेका विशेषज्ञ तथा अन्य व्यक्तित्वहरूले समस्याको समाधानमा पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष राजन खकुरालले अन्तर्राष्ट्रिय धादिङ समाजले स्वास्थ्य विभाग गठन गर्ने र केही हप्ताभित्रै जिल्ला स्वास्थ्य निकाय र नीलकण्ठ नगरपालिकासँग सहकार्य गरेर दीर्घकालीन स्वास्थ्य सुविधाको खाका तयार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भर्चुअल कार्यक्रमको सञ्चालन प्रसूना कडेलले गर्नुभएको थियो । उहाँ क्रिटिकल केयर आउटरीच विशेषज्ञ तथा न्यू बक्स विश्वविद्यालयकी व्याख्याता हुन् । कार्यक्रमको सभापति अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुकारले गर्नुभएको थियो । नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।  जसमा फिनल्याण्ड, यूएसए, जापान, क्यानडा, बेल्जियम, पोर्चुगल, युके, बहराइन, नेपाल, मिडल ईष्टका देश, चेक रिपब्लिक र कोरियामा रहेका स्वास्थ्यकर्मीहरू उपस्थित रहेको थियो ।

कार्यक्रममा मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलका अध्यक्ष तथा कार्यकारी निर्देशक, डा नस्तु प्रसाद शर्मा, अन्तर्राष्ट्रिय धादिङ समाजका संरक्षक लोकप्रसाद दाहाल, कन्सल्टन्ट कोलोरेक्टल सर्जन तथा अनररी एसोसिएट प्रोफेसर, युनिभर्सिटी अफ इस्ट एङ्ग्ल, युकेका डा. कमल अर्याल, कन्सल्टन्ट एट ग्यास्ट्रोएन्टेरोलोजी, मेडिकल डाइरेक्टर अफ एन्डोस्कोपी, मेरी वासिङटन हस्पिटल अमेरिका का डा. नारायण धरैल, कन्सल्टन्ट गायनेकोलोजिस्ट तथा आईभीएफ विशेषज्ञ, डा. सरिता सिटौला, प्राध्यापक तथा सिनियर कन्सल्टन्ट प्याथोलोजिस्ट, नेपाल मेडिसिटी हस्पिटल का डा. गोपी अर्याल, जनरल सर्जन/कार्यवाहक अस्पताल निर्देशक, धादिङ अस्पतालका डा. गगन अधिकारी, डा. अर्थशास्त्री तथा सुशासन विज्ञ, प्रताप छत्तकुली, मेडिकल पत्रकार, धादिङ हस्पिटल डा. दिनेश रेग्मी, प्रमुख कार्यकारी अधिकृत, मिराकल/गजुधारा डेन्टल केयर का डा. बिनय भण्डारी, प्रमुख चिकित्सक, स्वास्थ्य बीमा बोर्ड का डा. राम थापा क्षेत्री, अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष बद्री खतिवडा, महासचिव बाबु काजी भण्डारी, धादिङ अस्पतालका स्वास्थ्यकर्मी कृष्ण उप्रेती, धादिङ समाज अमेरिकाका अध्यक्ष टक बहादुर रुवाली, धादिंग समाज जापानका अध्यक्ष बिमल श्रेष्ठले आआफ्नो भनाइ राख्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

  • समाचार
    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0