तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,१५ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति माध्यमिक विद्यालयमा असहाय र जेहेन्दार विद्यार्थीहरूलाई नगद तथा सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका सदस्य तथाTrekking Agencies Association of Nepal -TAAN का केन्द्रीय सदस्य, सफल पर्यटन व्यवसायी, एवं समाजसेवी राजु गुरुङको समन्वयमा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको विद्यालयका प्रधानाध्याक नारायण भण्डारीले जानकारी दिनुभयो ।सहयोग स्वरूप प्रत्येक विद्यार्थीलाई रु ११,००० (एघार हजार) नगदसहित स्टेशनरीका सामग्रीहरू, छात्राहरूलाई सेनिटरी प्याड, र सम्पूर्ण विद्यार्थीहरूलाई अध्ययनमा आवश्यक सामग्रीहरू वितरण गरिएकोे छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भण्डारीकोे अध्यक्षता र नेपाली काँग्रेसका नेता रमेश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार) पूर्व वि.व्य.स.अध्यक्ष हर्क बहादुर भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |