ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङबेशी । त्रिपुरा सुन्दरी गाउँपालिका वडा न १ स्थित सल्यानटारमा एउटा डुम्रीको बोटमा २० प्रजातिका फरक–फरक वनस्पति देखिएको छ । डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार डुम्रीको मूल बोटमा स्वामी, काब्रो, बर, पिपल, गिदरी, कुलसिमल, खिर्रो, असुरो, कुटमेरो, हाडे गिदरी, फिजो लहरा, आलुपाते, गिठ्ठा लगायतका वनस्पतिहरु पाइएको हो । साथै, सोही बोटमा तीन प्रजातीका सुनखरी जातका वनस्पती रुखको फेदबाट नाङ्गो आखाले देख्न सकिने छ ।
उक्त रुख रहेको जग्गाधनीका अनुसार, सो डुम्रीको बोट धेरै वर्षअघि उनका पिताले रोपेका थिए । बर्षौँदेखि रुखमा यस्ता विभिन्न बोटहरू देखिँदै आएका थिए, तर यसरी ध्यान दिइएको पहिलो पटक भएको जग्गा धनीले बिहिबार धादिङका संचारकर्मीहरुलाई बताएका छन् ।
बिहीबार डिभिजन वन कार्यालय धादिङका कार्यालय प्रमुख आचार्यको नेतृत्वमा सव–वन डिभिजन कार्यालय सल्यानटारको टोली, स्थानीय बासिन्दा र सञ्चारकर्मीहरूले उक्त रुखको अवलोकन गरेका थिए ।
वन अधिकृत आचार्यले थप जानकारी दिँदै एउटै रुखमा यति धेरै प्रकारका बोटहरू पाइनु अत्यन्त दुर्लभ कुरा भएको भन्दै उक्त रुख स्थानीय जैविक सम्पदाको प्रतीक भएकोले संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |