ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ, भदौ १६ गते ।
धादिङका निजी तथा आवासीय विद्यालयहरूले स्कुल बस ¥याली निकालेका छन् । संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने तयारी भइरहेको भन्दै सोमबार स्कुल बससहित ¥याली निकालेका हुन् ।
“गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता” भन्ने मूल नारासहित प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा ¥यालीको आयोजना गरेको हो ।
३० भन्दा बढी स्कुल बस सहभागी ¥याली धादिङबेसी नीलकण्ठ–८ साँघुटारबाट सुरु भई सिरान बजारसम्म पुगेको थियो ।
प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले शिक्षा ऐनमा समावेश भएका प्रावधानले निजी विद्यालयमाथि अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नभयो । उहाँले अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति, पोशाक, स्टेशनरी तथा खाना–खाजा उपलब्ध गराउनुपर्ने र कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको व्यवस्था अस्वीकार्य रहेको बताउनुभयो ।
त्यस्तै, उपाध्यक्ष टिका प्रसाद थपलियाले शिक्षा समितिबाट पारित भएका नयाँ शिक्षक विधेयकका केही बुँदाप्रति गम्भीर ध्यानाकर्षण गराइएको उल्लेख गर्दै, त्यसको विरोधस्वरूप स्कुल बस ¥याली निकालिएको जानकारी दिनुभयो।
विद्यालयहरूको आन्दोलनमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले समेत ऐक्यबद्धता जनाउनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |