नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, साउन २२ गते ।
धादिङमा गाई–भैंसीमा रेबिजको संक्रमण देखिन थालेको छ । पछिल्लो समय जिल्लाको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकामा किसानहरूले पालेका पशुमा रेबिजको संक्रमण देखिएको पशु सेवा कार्यालय धादिङले जनाएको छ ।
नीलकण्ठ नगरपालिका भित्रका पशुमा परिक्षण गर्दा रेबिज पुष्टि भएको र बेनीघाट रोराङ क्षेत्रमा पनि रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको पशु सेवा कार्यालय धादिङका प्रमुख बबलु ठाकुरले जानकारी दिनुभयो ।
रेबिजको संक्रमण कुकुर मात्र नभई स्याल, न्याउरी मुसा, बिरालो लगायतका जङ्गली जनावरको टोकाइबाट पनि सर्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
कार्यलयका प्रमुख ठाकुरले किसानहरूलाई गोठ वरपर तारवार लगाएर जङ्गली जनावर प्रवेश गर्न नदिने, न्याउरी मुसा जस्ता साना प्राणी छिर्न नसक्ने व्यवस्था मिलाउने, तथा गोठको भौतिक र जैविक सुरक्षा मजबुत बनाउन आग्रह गर्नुभएको छ । उहाँले गोठको उचित सुरक्षा गरिएमा रेबिजको संक्रमणबाट गाई–भैंसीजस्ता पशुधनलाई जोगाउन सकिने स्पष्ट पार्नुभयो ।
पशु सेवा कार्यालयले रेबिजको लक्षण देखिएका पशुहरूको दूध बिक्री नगर्न समेत किसानहरूलाई आग्रह गरेको छ । रेबिज नियन्त्रण गर्नको लागि स्थानीय तहहरूले पनि समुदायमा रहेका कुकुरहरूलाई भ्याक्सीनेसन कार्यक्रम संचालन गर्नुपर्ने कार्यालयले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |