नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ,२३ जेठ ।
न्यु किबो बोर्डिङ स्कुलले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई समेट्दै शुक्रबार विशेष अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ। विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मकता र व्यावहारिक सीप विकासमा टेवा पु¥याउने उद्देश्य राखिएको थियो।
कार्यक्रम अन्तर्गत कक्षा १ देखि ६ र कक्षा ८ का विद्यार्थीहरूबीच नेपाली हस्तलेखन प्रतियोगिता सञ्चालन गरियो। कक्षा ७ का विद्यार्थीहरूले दुबोको माला बनाउने सीप सिक्ने कार्यक्रममा सहभागी भए भने कक्षा ९ का विद्यार्थीहरूलाई हस्तलेखनका साथै नीलकण्ठ नगरपालिकाद्वारा आयोजित “प्रेजेन्टेसन प्रतियोगिता“ मा समावेश गरिएको थियो।
उक्त प्रेजेन्टेसन प्रतियोगितामा न्यु किबो बोर्डिङ स्कुलका कक्षा ९ मा अध्ययनरत छात्र कुशल सापकोटा द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। संयोजक भट्टले उक्त उपलब्धिलाई विद्यालयका लागि गर्वको विषय भएको बताउनुभयो।
विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले हालको शैक्षिक प्रवृत्तिमा प्रयोगात्मक र जीवनोपयोगी शिक्षा अत्यावश्यक भएकाले न्यु किबो बोर्डिङ स्कुलले सधैं यस्ता अतिरिक्त क्रियाकलापहरूलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |