नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ, २८ बैशाख ।
धादिङको खनियाबास गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्धघाटन गरिएको छ । शनिबार उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले उद्धघाटन गर्नुभएको हो ।
भवनको उद्धघाटन गर्नुहुँदै मन्त्री सिंहले ग्रामीण तहमा पूर्वाधार विकासले जनसेवामा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। जनताको सेवा सहज र छिटो बनाउन स्थानीय तहहरूलाई सबल बनाउने अभियान अन्तर्गत देशभर पूर्वाधार निर्माण भइरहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले गाउँपालिकाको भवन अत्याधुनिक प्रविधियुक्त सुविधासहित निर्माण गरिएको बताउनुभयो । उहाँले भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष, र नागरिक सेवाका अन्य आवश्यक सुविधाहरू समेटिएको जानकारी दिनुभयो ।
कूल ३ करोड ३२ लाख २७ हजार चार सयमा ठेक्का खोलिएकोमा २ करोड ७५ लाखमा निर्माण सम्पन्न भएको हो । जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छोइसाङ तामाङले बताउनु भयो । भवन निर्माणका लागि १० जना स्थानीय बासिन्दाले जग्गा निःशुल्क प्रदान गरेका छन् ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |