नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
सुनौलाबजार, २० बैशाख । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मौरीडाँडामा भैरवी आमा समूहको भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच आमा समुहको भवन नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माले उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा आमा समुहका सदस्यहरुलाई पोसाक र परिचयपत्र बितरण गर्नुको साथै ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले आमा समुहका सदस्यहको हक अधिकारको निमित्त आफु सधै प्रतिवद्धरहेको बताउनु भयो । कार्यक्रममा उप–प्रमुख बिश्वकर्माले बिगतमा पनि आफुले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । उहाले हाल धादिङदेखी फोस्रेटार जाने सडकलाई मुकुन्दशेन स्मृति मार्ग नामाकरण गरिएको समेत जानकारी गराउनु भएको थियो ।
आमा समूहको अध्यक्ष तारा बसेल नेपालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र कुमार श्रेष्ठ, कार्यपालिका सदस्य एवम् आर्थिक समिति संयोजक लक्ष्मण रम्तेल र समाजसेवी भेषराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |