Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको प्रगति ७० प्रतिशत, नौबिसे–मलेखुमा ३२ प्रतिशत मात्रै

अस्मिता पोखरेल २३३० पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २४, आईतबार (१ साल अघि)
नागढुंगा–नौबिसे सडक स्तरोन्नतिको प्रगति ७० प्रतिशत, नौबिसे–मलेखुमा ३२ प्रतिशत मात्रै

धादिङ, २४ चैत्र ।

अस्मिता पोखरेल ।

संघीय राजधानी आउजाउ गर्ने मुख्य मार्ग हो नौबिसे नागढुंगा सडक । नागढुङ्गादेखि नौबिसेसम्म १२.२६ किलोमिटर सडकको काम अहिले सत्तरी प्रतिशत सकिएको छ  ।

तीन खण्डमा सडक विस्तारको काम भइरहेको मुग्लिङ–नागढुङ्गा सडकको एउटा खण्डको काम सत्तरी प्रतिशत सकिएको हो  । यो सडक स्तरोन्नतिको काम सुरु भएको दुई वर्ष १० महिना पुरा भयो । अहिले पनि धमाधम काम भइरहेको छ ।

यो सडकखण्डको १२.२६ किलोमिटरमध्ये साढे ११ किलोमिटर ड्रेन निर्माण सकिएर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको नागढुङ्गा–मुग्लिङ सडक पूर्वीखण्डका योजना प्रमुख केशव ओझाले जानकारी दिनुभयो ।

‘नौबिसेबाट खत्रिपौवाको पुल हुँदै सुरुङ मार्गसम्मको सडक कालोपत्रे सकिनेछ’, योजना प्रमुख ओझाले भन्नुभयो –‘बाँकी भागलाई यसै आर्थिक वर्षभित्र नागढुंगासम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।’

खत्रीपौवा र नौबिसेमा दुईवटा पुल निर्माणाधीन अवस्थामा छन् । खत्रीपौवाको पुल निर्माण अन्तिम चरणमा छ । असार मसान्तसम्म सम्पन्न गर्ने लक्षसहित नौबिसेको पुलमा काम भइरहेको छ ।

त्रिभुवन राजपथको नागढुंगादेखि पृथ्वीराजमार्गको मुग्लिनसम्म तीन वटा प्याकेजमा छुट्टाछुटै ठेक्कामार्फत सडक स्तरोन्नतिको काम सुरु गरेको हो । पहिलो प्याकेजमा नागढुंगा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन भनी छुट्याइएको छ । पहिलो प्याकेजअन्तर्गत नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो ४३.५४ किलोमिटर र तेस्रो ३८.८६ किलोमिटर छ ।

नागढुंगा–नौबिसे खण्डको कामले पछिल्लो समय गति लिएपनि नौबिसे–मलेखु खण्डको काम भने सुस्त देखिएको छ । नौबिसे–मलेखु सडकखण्डको निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको योजना प्रमुख ओझाले बताउनुभयो । यो खण्डमा हालसम्म ३२ प्रतिशत काम भएकोे छ ।

४३.५४ किलोमिटरमध्ये ३० किलोमिटर सडक कटिङ गर्ने काम सकिएको छ भने बाँकी १३ किलोमिटर अप्ठ्यारो तथा विवादित क्षेत्र रहेकाले कार्य अघि बढ्न ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । निर्माण कार्यमा विभिन्न समस्या देखिएका छन् । योजना प्रमुख ओझा भन्नुहुन्छ, “निर्माण सामग्रीको नियमित आपूर्ति नहुँदा काममा ढिलाइ भएको छ । बाढीपहिरो, विद्युत् पोल स्थानान्तरण, रुख कटान तथा स्थानीय विवादका कारण पनि निर्माण कार्य प्रभावित भइरहेको छ ।”

नौबिसे–मलेखुखण्डको हालसम्म सात किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको र १६ किलोमिटर सडक यसै वर्ष कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । बाँकी नौ किलोमिटरमा कुनै समस्या नआए यो आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका अनुसार बाँकी खण्ड अर्को वर्ष सम्पन्न गरिने छ ।

मलेखु–नागढुंगा खण्डमा १३ वटा पुल निर्माण गरिँदैछ । त्यसमध्ये तीन वटा पुलमा गाडी सञ्चालन भइसकेको छ भने ४ वटा पुल आपतकालीन अवस्थाका लागि तयार छन् । बाँकी तीन वटा पुल असारसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । तर, अन्तिम तीन वटा पुलको काम मंसिर–पुससम्म मात्र सकिने अनुमान गरिएको छ ।

नागढुंगा–नौबिसे सडक खण्ड साउन दश गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ भने नौबिसे–मलेखु खण्ड जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, प्राविधिक तथा भौगोलिक कठिनाइका कारण केही समय थप लाग्न सक्ने ओझाले बताउनुभयो ।

No description available.No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • समाचार
    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0