तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,११ चैत्र ।
धादिङको सिद्धलेक गाउँपालिका–२ मा प्रजनन् स्वास्थ्य तथा रुग्णता जाँच व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ । वडा नं १, २ र ३ का महिला दिदीबहिनीहरुको लागि नलाङ स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो।
शिविरमा २३० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । १९० जनाको भिआइए (ख्क्ष्ब्) जाँच गरिएकोमा २ जनामा पोजिटिभ देखिएको छ।
यस्तै, २३ जना महिलाले युट्रस प्रोल्याप्स रिङ प्रेसरी प्रयोग गरेका छन् । ४ जना महिलालाई शल्यक्रिया गर्नुपर्ने पहिचान भई सम्बन्धित अस्पतालमा प्रेषण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीले जानकारी दिनुभयो ।
शिविरमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श र उपचार सेवा प्रदान गरिएको थियो।
विशेष गरी ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरी प्रजनन् स्वास्थ्य तथा रुग्णता जाँच गरिएको दुवाडीले बताउनुभयो ।
निःशुल्क स्वास्थ्य सेवा पाएकोमा स्थानिय महिलाहरुले सन्तुष्टि जनाउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा, जिल्ला अस्पताल धादिङका डा. रामचन्द्र रिजाल, डा. सविन लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका टोलिले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा भएको शिविरमा जनस्वास्थ्य कार्यालय धादिङको समन्वय तथा जिल्ला अस्पताल धादिङको प्राविधिक सहयोग रहेको थियो ।
सिद्धलेक गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक शम्भु गुरुङ (सागर) को अध्यक्षतामा सम्पन्न शिविरमाा सिद्धलेक गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाको प्रमुख अतिथ्यता रहेको थियो ।








निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |