वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, ०७ चैत्र ।
धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी नीलकण्ठ ईकाई र अनेरास्ववियुले स्ववियुले तालाबन्दी गरेको हो ।
त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्नेमा क्याम्पस प्रशासनले वेवास्ता गरेको र पुरानै समितिलाई मान्यता दिने गरि संगठनको काम कार्वाहि अगाडि वढाएकोले तालावन्दि गर्नु परेको अखिल क्रन्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले वताउनुभयो ।
दुवै विद्यार्थी संगठनहरूले एक प्रेस विज्ञप्ती जारी गरेका छन् । आफ्ना मागहरू सम्वोधन नभए र विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने उल्लेख गरेको छ।
संयुक्त प्रेश विज्ञप्ति
शिक्षा क्षेत्रको सुधार, विद्यार्थी हकहितको संरक्षण र लोकतान्त्रिक अधिकारको संस्थागत विकासका लागि नामो संघर्ष गर्दै आएका अखिल (क्रान्तिकारी) र अनेरास्ववियु नेपालको अग्रणी विद्यार्थी संगठनहरू हुन्।यी संगठनहरूले सधै विद्यार्थीहरूको आवाज बुलन्द गर्दै आएको कुरा सबैमा सर्वाधिक नै छ तर हाल नीलकण्ठ बहुमुखी क्याम्पसमा भइरहेको अन्यायपूर्ण गतिविधिप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने हाम्रो स्पष्ट माग रहदै आएको छ। तर, क्याम्पस प्रशासनको लापरवाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका २०६१ को दफा १६ को ४ अनुसार विभुवन विश्वविद्यालय स्व.वि.यु निर्वाचन २०५१ सम्पन्न भएको वा नभएको दुवै अवस्थामा २००९ मा निर्वाचित स्व.वि.यु कार्य समितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त भएको मानिने उल्लेख भएकाले २०७९ सालको स्ववियु निर्वाचनबाट चयन भएको कार्य समिति चैत ४ गते नै स्वतः विघटन भइसकेको कानूनी व्यवस्था छ । तर, क्याम्पस प्रशासनले यसलाई बेवास्ता गर्दै विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार हनन गर्ने कार्य गरिरहेको छ ।
कुनै संगठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय छ। यसै सन्दर्भमा हाम्रो विविध मागहरु छन ।
विद्यार्थी संगठनहरूको संयुक्त माग :
१. विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य हुने छैन ।
२. क्याम्पस प्रशासन कुनै संगठन वा पार्टीको स्वार्थमा नचलाेस् ।
३. २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको कारण प्रशासनले त्यसलाई मान्यता नदेओस् ।
यसै सन्दर्भमा, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले स्ववियु कार्यकक्षमा तालाबन्दी गरेका हाम्रो माग पूरा नभएसम्म हामी कुनै पनि हालतमा यो निर्वाचन प्रक्रियामा सहभागी हुने छैनौ। यदि विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा हामी थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।
संगीत तामाङ, अध्यक्ष अखिल (क्रान्तिकारी) निलकण्ठ बहुमुखी क्याम्पस
सम्झना शाक्य, अध्यक्ष अनेरास्ववियु निलकण्ठ बहुमुखी क्याम्पस


मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।