वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, ०५ चैत्र ।
चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धादिङ जिल्लाबाट ५ हजार ४७५ विद्यार्थी सहभागी हुँदैछन् । धादिङमा २४ वटा परीक्षा केन्द्र तोकिएको छ। जिल्लाका १६२ विद्यालयका विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षा दिनेछन्।
तीमध्ये १३४ सामुदायिक विद्यालय, १८ संस्थागत विद्यालय, ८ प्राविधिक विद्यालय, र २ खुला विद्यालय रहेका छन् । परीक्षामा सामुदायिक विद्यालयबाट ५ हजार ९४ विद्यार्थी तथा संस्थागत विद्यालयबाट ३ सय ८१ विद्यार्थी सहभागी हुने छन्।
जसमध्ये सक्सेस एकेडेमीमा अध्ययनरत एक दृष्टिविहीन विद्यार्थीले पनि परिक्षा दिदैछन् । उनलाइ अन्य विद्यार्थीहरू भन्दा अलग राखी विशेष व्यवस्था सहित अतिरिक्त समय प्रदान गरिने व्यवस्था मिलाएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । महाकाली माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट उनले परिक्षा दिनेछन् ।
परीक्षार्थीहरूको वर्गीकरण अनुसार, नियमित तर्फ ४ हजार ३ सय ४७ जना, प्राविधिकतर्फ १ सय ६४ जना, खुला शिक्षातर्फ ३२ जना, र ग्रेड वृद्धि तर्फ ९ सय ३२ जना परीक्षामा सहभागि हुनेछन् ।
परीक्षाको निष्पक्षता र विश्वसनीयता कायम राख्न होम सेन्टरको व्यवस्था नगरिएको र सबै परीक्षा केन्द्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको सुवेदीले जानकारी दिनुभयो ।
प्रत्येक केन्द्रमा प्रधानाध्यापकलाई केन्द्राध्यक्षको रूपमा तोकिएको छ भने, विद्यार्थी संख्याको आधारमा ४३ जना सहायक केन्द्राध्यक्ष, २७५ जना निरीक्षक, ५६ जना सहायक निरीक्षक, ३६० जना सुरक्षाकर्मी, र ११० जना सहयोगी कर्मचारी खटाइएका छन्। यसरी, परीक्षा व्यवस्थित, सुरक्षित, र मर्यादित ढंगले सम्पन्न गर्न ८६८ जनाजनशक्ति परिचालन गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख भूमिलाल सुवेदीका अनुसार, परीक्षा सबैको लागि मर्यादित, सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सबै तयारी पुरा भइसकेको छ । “हामीले प्रत्येक परीक्षा केन्द्रमा उच्च सुरक्षा सतर्कता अपनाएका छौं र परीक्षा प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता नहोस् भन्ने सुनिश्चित गरेका छौं,“ सुवेदीले भन्नुभयो।
साथै, सबै परीक्षा केन्द्रहरूमा कक्षा कोठा व्यवस्थापन कार्य पूरा भएको, प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित निकायमा सुरक्षित रूपमा पु¥याइएको उहाँले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।