बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, २५ फागुन ।
नेत्रावती डबजोङ गाउँपालिकामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित नृत्य प्रतियोगितामा वडा नं १ को समूहले प्रथम स्थान हासिल गरेको छ।
गाउँपालिकाको महिला विकास शाखाद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा नृत्य प्रतियोगितामा वडा नं १ को समूह उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो। प्रतियोगितामा चौतारा मावि समूहले दोस्रो स्थान, वडा नं २ की निस्मा तामाङले तेस्रो स्थान, र सुनकन्या आमा समूहले चौथो स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, र चौथो स्थान प्राप्त गर्ने सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको गाउँपालिकाका अधिकृत ज्ञानेन्द्र दाहालले जानकारी दिनुभयो ।
कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष ठाकुर गुरुङ, वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, गाउँपालिकाका कर्मचारी तथा विभिन्न आमा समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम श्रमिक महिलाहरूको सम्मान तथा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।













निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |