प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
माघ, २० गते ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार भएको नवौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद लम्साल, उपाध्यक्षमा लक्ष्मी नहर्की, उपाध्यक्षमा जीवन लामा तामाङ, सचिवमा बिष्णु प्रसाद अर्याल, सह सचिवमा प्रकाश गुरुङ, कोषाध्यक्षमा काशीराज रेग्मी निर्वाचित हुनु भएकोे छ ।
त्यसैगरी सदस्यहरुमा बुद्धि ब. बिक, शालिक राम लम्साल, सुवास खतिवडा, बिष्णु भट्ट, पार्वती ढकाल सापकोटा, रोशन आले मगर, हरि बहादुर सुनार, मधु धमला क्षेत्री, खेम प्रसाद तिवारी, गोकर्ण ब तिम्सिना, मनिषा तिवारी चयन हुनुभएको छ ।
त्यसैगरी केन्द्रिय प्रतिनिधिहरुमा राममणी मिश्र, प्रकाश सापकोटा, मिश्रा सिलवाल, कृष्ण कुमार श्रेष्ठ रहनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा निरबहादुर आले मगर, शुष्मा गुरुङ, ऋषि राज पोखरेल, र लोक बिक्रम साह चयन हुनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन धादिङका निबर्तमान अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केन्द्रिय महासचीव जनक रावल, केन्द्रिय सदस्यहरु, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे , विभिन्न स्थानीय तहका प्रमुख एवम प्रतिनिधिहरु, भातृसँघ संस्थाका प्रमुख एबम प्रतिनिधि, नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी, युनियनमा आवद्ध पुर्व पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |