Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीद्धारा उम्मेद्वारी घोषणा, साथमा उभिए पुर्व अध्यक्षहरु

१६९५ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १३, शनिबार (१ साल अघि)
धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीद्धारा उम्मेद्वारी घोषणा, साथमा उभिए पुर्व अध्यक्षहरु

धादिङबेशी । धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारीले उम्मेद्वारी घोषणा गरेका छन् । भण्डारीले यहि पौष २६ र २७ गते धादिङबेशीमा हुने धादिङ उद्योग बाणिज्य संघको ३१ औँ साधारणसभा तथा ११ औँ अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आज एक कार्यक्रमको आयोजना गरि घोषणा गरेका हुन् ।

रोहित भण्डारीको उम्मे्दवारी घोषणा समारोहमा पुर्व अध्यक्षहरु तेज बहादुर भण्डारी, धुव बहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री र हालका बरिष्ठ उपाध्यक्ष तथा ११ औ अधिबेशन पछिका अध्यक्ष रामकुमार डल्लाकोटी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ अस्वस्थ्यको कारण घोषणा समारोहमा उपस्थित हुन नसक्नुभएपनि साथ समर्थन रहेको जानकारी गराईएको थियो । भण्डारीको उम्मेद्वारी घोषणा समारोहमा ब्यवसायी राजाराम सिलवालले आफु बरिष्ठमा उठ्ने तयारी गरिएको भएपनि सोच परिवर्तन गरि रोहित भण्डारीलाई समर्थन गरेको घोषणा गरेका थिए ।

धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ५ मा जन्मेका रोहित भण्डारी २०६७ सालमा कार्यालय प्रमुखको रुपमा धादिङ उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । करिव ११ बर्ष कर्मचारी भई सेवा प्रदान गरेका भण्डारी हाल धादिङ उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य रहेका छन् । कर्मचारी हुँदा सवै ब्यवसायीको मन जितेका भण्डारी हाल कन्सल्टेन्सी (कर भ्याट) हार्डवयर, प्रोसेसिङ ड्रिकिङ वाटर, सुर्य नेपालको डिलरसिप ब्यवसाय र ठेक्का पट्टामा सक्रिय रहेका छन् ।

मिलनसार, लगनशील र सहयोगी भावना भएको भण्डारीले यस पटक सवैको मन जिति बरिष्ठ उपाध्यक्षमा आउने माहोल बनिसकेको धादिङबेशीका ब्यवसायीहरु बताउछन् । उद्योग बाणिज्य क्षेत्रमा लामो अनुभव संगालीसकेका रोहित भण्डारीलाई नेतृत्वमा ल्याउन सके स–साना ब्यवसायहरुलाई पनि राहत मिल्ने ब्यवसायीहरुको आकलन छ ।

२०४८ सालमा स्थापना भएको धादिङ उद्योग बाणिज्य संघमा हाल १ हजार ९ सय १८ अठार सदस्य रहेका छन् । ११ औँ अधिबेशनले ३३ जनाको कार्यसमिति चयन गर्ने छ । अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष र कार्यसमिति सदस्य पदमा निर्वाचन हुने तथा पछि अध्यक्ष स्वत: बरिष्ठ बाट जाने र अध्यक्षले कार्यसमितिको बैठकबाट पदाधिकारी चयन गर्ने बिधानमा ब्यवस्था रहेको छ । उक्त दिन ९ जनाको ३ वटा क्षेत्रिय समितिको पनि निर्वाचन हुनेछ ।

यस्तो छ बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका रोहित भण्डारीका सार्वजनिक प्रतिवद्धताहरु :

  • धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा भौतिक रुपले आधुनिक, सेवा प्रवाहका हिसाबले ब्यवसाय मैत्री र क्षमताका हिसाबले सक्षम जनशक्ति सहितको ब्यवसायिक परामर्श केन्द्र स्थापना गर्ने छु ।
  • वैध रुपमा जिल्लामा संचालित सबै प्रकारका उद्यम, व्यवसायलाई संघमा आबध्द गरी उनीहरुको ब्यवसायिक प्रवध्र्दन र बजारीकरणमा मेरो प्राथमिकता रहने छ ।
  • उद्योग ब्यवसाय मैत्री नीतिको तर्जुमा, नीतिहरुको पुनरावलोकन र भय रहित ब्यवसाय विकासको वातावरण तयार गर्न प्रयत्नरत रहने छु
  • उद्यमशीलता,नेतृत्व विकास र प्राविधिक सीप विकासका कार्यशाला, सेमिनार र प्रशिक्षणहरु संचालन गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिल गर्न सघाउने छु ।
  • मेलाहरुलाई उत्सवका रुपमा संचालन गरी स्थानीय उत्पादनलाई राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा प्रवध्र्दन गर्दै स्थानीय ब्यवसायीहरु, लगानीकर्ताहरु र अन्तराष्ट्रिय साझेदारहरु बीच अन्तरकृयात्मक वातावरणको सिर्जना गर्ने छु ।
  • उद्यमी-ब्यवसायीहरुलाई ऋण वा लगानीका अवसरहरु सुरक्षित गर्न मद्दत गर्ने, वित्तिय संस्थाहरुसंग समन्वय गर्ने एवम् वित्तिय ब्यवस्थापन र अनुपालनका लागि वित्तिय र कानुनी सेवाहरुको अवसर प्रदान गर्ने छु ।
  • राष्ट्रिय–अन्तराष्ट्रिय फर्महरुसंग साझेदारी मार्फत नयाँ प्रविधिहरुमा जिल्लाका उद्यम ब्यवसायलाई जोड्ने छु ।
  • महिला, विपन्न, सिमान्तकृत समुदाय एवम् अपांगता भएका ब्यक्तिहरुका लागि संभाब्य उद्यम ब्यवसाय छनौट गरी उनीहरुको पहुँच स्थापित गर्ने छु ।
  • जिल्लाको पर्यटन प्रवध्र्दन, संस्कृतिको संरक्षणका क्षेत्रमा ब्यवसायिक संभाव्यताको थप अध्ययन गरी कार्यक्रम बनाउने छु ।
    जिल्लाको राजमार्ग क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्नुछु । भने वुढीगण्डकी जलविद्युत परियोजना यथासिघ्र कार्यन्वयनमा ल्याउन संस्थागत पहल गर्नेछु ।
  • जिल्लाको मुख्य आम्दानीको श्रोत रहेको खनिजजन्य उत्पादन, जडीवुटी लगायतको विविधीकरण र वजारीकरणको लागि पहल गर्नेछु ।
    स्थानीय तह स्तरमा उद्योग वाणिज्य संघको भुमिकालाई थप प्रभावकारी वनाउन स्थानीय तह स्तरिय उद्योग वाणिज्य समितिहरु गठन गरि सक्रिय वनाउनेछु ।
  • धादिङ उद्योग वाणिज्य संघसंग केही परियोजनागत असल सिकाइहरु छन्, आगामी दिनमा तपशीलका विषय क्षेत्रमा परियोजनाहरु संचालन गर्ने छु ।
     लेखा, मार्केटिङ, वाणिज्य क्षेत्रहरुमा इ –कमर्स ल्पेटफर्मको विकास
     कृषि उपजहरुको उत्पादन, प्रशोधन र बजारीकरण
     स्थानीय हस्तकला र उद्योगको प्रवध्र्दन र क्लस्टर विकास
     इको पर्यटन प्रवध्र्दन
     स्थानीय बजारहरुको स्थापना र आधुनिकीकरण
     सार्वजनिक नीजि साझेदारीबाट पूर्वाधार परियोजना संचालन एवम् औद्योगिक ग्राम स्थापना
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0