वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ,०१ पौष ।
सिद्धलेक गाउँपालिकाको तेस्रो पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महाकाली माविले जितेको छ। आइतबार सम्पन्न प्रतियोगितामा सिद्धलेक–७ पिपलटारस्थित महाकाली माध्यमिक विद्यालयले ८ स्वर्ण पदक जित्दै उपाधि हात पारेको हो।
प्रतियोगितामा १ निजी र १३ सरकारी विद्यालयसहित १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। छात्र र छात्राको भलिबल, कबड्डी, र एथ्लेटिक्सका विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो।
खिर्रेको नलाङ पात्ले माध्यमिक विद्यालयको संयोजनमा आयोजित प्रतियोगितामा महाकाली माविले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै प्रथम स्थान हासिल ग¥यो। त्यस्तै, ४ स्वर्ण, १ रजत र ५ कास्य पदकसहित नलाङ पात्ले मावि द्वितीय भयो। ३ स्वर्ण र २ रजतसहित सुन्दरी मावि तेस्रो भएको छ । चौथो भएको सत्यवती माविले ३ स्वर्ण र १ रजत र ४ कास्य पदक जितेको छ ।
प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयहरुलाई नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा,उपाध्यक्ष सबिता अर्यालले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको थियो।
गाउँपालिकाका अध्यक्ष खतिवडाको अध्यक्षता तथा कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीको प्रमुख आतिथ्यता भएको समापन समारोहमा गाउँपालिका उपाध्यक्ष अर्याल,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वडा नं २ का वडाध्यक्ष शम्भु गुरुङ (सागर), वडा नम्बर ३ का वडाध्यक्ष देव बहादुर पुलामी, कार्यपालिका सदस्य, वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
गाउँपालिकाले विद्यार्थी र शिक्षकहरूको थकान तथा सरसफाइलाई ध्यानमा राख्दै सोमबारका लागि विद्यालयमा बिदा दिएको छ।









निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |