वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२४ मंसिर ।
खनियावास गाउँपालिका–२ स्थित झार्लाङमा लैंगिक हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । खनियावास गाउँपालिकाको आयोजनामा र प्रयास नेपाल धादिङको सहकार्यमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आइतबार मण्डली चर्च भवनमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा महिला समूह, सामुदायिक संस्थाका, कृषक समुहका प्रतिनिधिहरु, झार्लाङ, बेन्दिदेवी र सिङ्ला गरि ३ वटा माध्यमिक विद्यालयका कक्षा ८ देखि १० का विद्यार्थीहरु, जनप्रतिनिधि लगायत १ सय ४५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा लैंगिक हिंसाका कारण, प्रभाव र रोकथामका उपाय र सिफारिस प्रणालीकोबारे छलफल गरिएको लंैगिक सहायक शर्मिला गुरुङले बताउनु भयो ।
कार्यक्रमका क्रममा धादिङ जिल्ला र खनियावास गाउँपालिकामा महिलाहरुको अवस्था, सवाल तथा बालविवाह अवस्था, असर र लैंगिक हिंसाका कारण, हिंसाले पार्ने असर, तथा यसलाई रोक्न व्यक्तिहरु, महिला समूह, बाल क्लब, सामाजिक कार्यकर्ता, वडा कार्यालय, महिला तथा बालबालिका शाखा र कार्यपालिकाको भूमिका बारेमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको सहजीकरण प्रयास नेपालका कार्यकारी निर्देशक तथा सहजकर्ता रेनुका रुपाखेती, लैंगिक सहायक शर्मिला गुरुङ, र खनियावास गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सन्ध्या उपाध्यायले गर्नुभएको थियो ।
सहभागीहरुले सामुदायिक प्रतिबद्धता व्यक्त गर्दै, “म हिंसा गर्दिन, म हिंसा सहदिन, र हिंसा भएको देखेमा प्रतिकार गर्नेछु“ भनी हस्ताक्षर गरेका छन्।
कार्यक्रमले स्थानीयस्तरमा लैंगिक हिंसा रोकथाम र बालविवाह न्यूनीकरण गर्न सहयोग पुग्नेछ। सहभागीहरुले कार्यक्रमलाई फलदायी रहेको भन्दै यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरेका सामुदायिक सहजकर्ता मनिष तामाङले जानकारी दिनुभयो ।




मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।