नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ, २० कात्तिक ।
धादिङको पर्यटकिय तथा धार्मिक गन्तव्य ऐतिहासिक गंगाजमुना माई मेला यही कात्र्तिक २६ गते लाग्ने भएको छ ।
हरिबोधनी एकादशीको अवसरमा आयोजना गरिएको मेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीको कार्य अघि बढाइएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष कुमार बहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले यस मेलालाई सफल बनाउन विभिन्न कार्यक्रम र व्यवस्थापनका कामहरू तयारी गरेको उहाँको भनाइ छ ।
कुमार बहादुर अधिकारी बाइट
मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने, झाँक्रि नाँच प्रर्दशनी लगायत बिभिन्न राष्ट्रिय, अतराष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने प्रवक्ता अधिकारीले बताउनुभयो ।
बाइट ..
गंगाजमुना माईमा पुजा आजा गरेमा आफ्नो मनोकामना पुरा हुने र माई स्थानमा रहेको कुकर धारामा नुहाए पछि रोग ब्याध नलाग्ने धार्मिक बिश्वास रहेको छ । मेलामा फुलको डोली लैजाने, बत्ति बाल्ने, परेवा उडाउने, बत्ति बाली जागाराम बस्ने, झाक्रीहरुले भाकल स्वरुप रातभरी ढ्याग्रो बजायर तपस्या गर्ने र भोली पल्ट नुहाएर एकादशी ब्रत बस्ने चलन छ ।
गंगाजमुना गाउँपालिका भित्र रहेको कला संस्कृति र परम्पराहरुलाई उजार गर्दै प्रवद्र्धन, संरक्षण पुस्तान्तरण गर्ने मेलाको प्रमुख उद्धेश्य रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष अधिकारीले बताउनुभयो ।
बाईट ३ ….
मेलाको अवलोकन तथा पुजा आजा गर्न धादिङ, नुवाकोट, गोरखा लगाएत देशका विभिन्न जिल्लाबाट भक्तजनहरुको आउने गर्दछन् । गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा बिगत लामो समय देखि मेला तथा सांस्कृतिक कार्यक्रमहरु हुदै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |