नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ, १८ भाद्र ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ मा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । सोमबार वडा नं ३ को आयोजनामा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
वडा नं. ३ का वडा अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा वडा नं.४ का अध्यक्ष प्रेम बहादुर घलेको प्रमुख आतिथ्यता तथा शान्ति नेपालका फिल्ड संयोजक धर्मराज थपलियाको विशेष आतित्थता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै वडा नं ४ का वडा अध्यक्ष प्रेम बहादुर घलेले महिलाले आफ्नो हक हितको लागि लड्न अघि बढ्नु पर्ने र आफुले पाएको अवसरलाई सदुपयोग गर्दै हरेक सामाजिक क्षेत्रमा अघि बढ्नुपर्ने बताउनुभयो ।
त्यसैगरी वडा नं ३ का अध्यक्ष राजकुमार गुरुङले ३ नं वडाले नजिकिदै गरेको महिलाहरुको महान चाड तिजलाइ मध्यनजर गर्दै तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको बताउनभयो । आगमी वर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिदै अझ व्यवस्थि गर्दै लैजाने वडा अध्यक्ष गुरुङले बताउनुभएको छ ।
उहाँले समाजको परम्परागत संस्कार संस्कृति रितिरिवाज बचाउनका निम्ति वडा सधै तत्पर रहेको भन्दै आफ्नो अभियानमा सम्पुर्ण वडावासीलाई साथ दिनको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा आमा समूह, महिला समूह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षिक, शिक्षिका, समाजसेवी बुद्धिजीवि लगायत महिलाहरुको उपस्थित रहेको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |