धादिङ, ०६ भाद्र
धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमुल्यांकनमा देशकै उत्कृष्ट हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकन रिपोर्ट अनुसार नीकलण्ठ नगरपालिका ९२.५० अङक ल्याएर उत्कृष्ट भएको हो ।
विभिन्न १०० वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आ.व २०७९/०८० मा नगरपालिकाहरु मध्ये धादिङको नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको हो । बिहीबार उत्कृष्ट भएको नीलकण्ठ नगरपालिकालाई मन्त्रालयका सचिव भरतमणी सुवेदीले सम्मान गर्नुभएको थियो ।
आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर नीलकण्ठ नगरपालिकाले काम गर्दै आएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभएको छ ।
जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको नगर प्रमुख ढुंगानाले बताउनुभयो । प्रथम स्थान हासिल गराउन भुमिका खेल्ने जनप्रतिनिधी, कर्मचारी लगायत सरोकारवाला निकायहरुलाइ नगरप्रमुख ढुंगानाले धन्यवाद ब्यक्त गर्नु भएको छ।
त्यसैगरी सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले यो उत्कृष्ट नतिजाले विकास निमार्ण शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुमा थप परिस्कृत गर्न उत्साह थपेको बताउनुभयो ।
२०७२ सालमा स्थापना भएको नगरपालिका उमेरको हिसावले कान्छो भएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको घोषणा गरेको छ, उहाँले भन्नुभयो, यो नतिजा ल्याउन नगरप्रमुख भीम प्रसाद ढुंगाना लगायतको जनप्रतिनिधी, कर्मचारी लगायत सरोकारवाला निकायहरुको ठुलो भुमिका रहेको बताउनुभयो ।
नगर प्रमुख ढुंगानाको दास्रो कार्यकाल भएकोले पनि यो नतिजा हासिल गर्न सहज भएको उहाँको भनाइ छ । भौतिक पुर्वाधार विकास निमाण, न्याय निरुपण लगायतका क्षेत्रमा काम गर्ने सवालमा प्रदेश सरकार, संघिय सरकार लगायतका विभिन्न संघसंस्था सँग समन्वय गरी काम गरेको उप प्रमुख विश्वकर्माले बताउनुभयो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तिन वटा आयामहरुलाई आधार मानेर मुल्याङकन गरिएको थियो ।
स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सुचक मानेर स्थानिय संस्थागत क्षमता स्वमुल्याङकन गर्ने गरिन्छ ।
त्यसैगरी संस्थागत स्वमुल्यांकनमा रुपन्देहीको तिलोतमा नगरपालिका दोस्रो र रत्ननगर नगरपालिका तेस्रो हुन सफल भएको छ । गाउँपालिका तर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका ८७.५ अङ्क सहित प्रथम भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |