प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ,११ जेठ
अशोक ईन्टरप्राईजेजको आयोजनामा धादिङबेसीमा एक दिने कुखरा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।अशोक ईन्टरप्राईजेज धादिङको आयोजना तथा भ्याली ग्रुपको प्राविधिक सहयोगमा ईन्टरप्राईजेज सँग आवद्ध रहेका ९८ जना व्यवसायिहरुलाई तालिम प्रदान गरिएको हो । धादिङबेशी सिरानबजारमा रहेको अशोक ईन्टरप्राईजेजले हरेक छ/छ महिनामा कुखुरा पालन तालिम सन्चालन गर्दै आईरहेको छ ।तालिममा भ्याली ग्रुप अन्तरर्गतका टेक्निकल कन्सलटेन्ट डा.सक्षम पाण्डे, डा.अरविन्द्र श्रेष्ठले ब्रोइलर कुखुराको व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई ब्रोइलर कुखुरा पालन सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।

तालिममा खोर व्यवस्थाप,यसको चरण,खोरको तापक्रम कसरी व्यवस्थापन गर्ने,चल्ला हुर्काउनको लागि के के कुरामा ध्यान दिने, कुखुरामा लाग्ने रोग र त्यसको औषधीको जानकारी गराउनुभएको थियो ।कुखुरा पाल्ने किसानहरुलाई ब्यवसायीक क्षमता अभिवृद्धि गर्ने उदेश्यले ६÷६ महिनामा यस किसिमको तालिम आयोजना गर्ने गरिएको अशोक ईन्टरप्राईजेजका प्रोपाईटर अशोक बस्नेतले बताउनुभयो।अशोक ईन्टरप्राईजेजले हरेक बर्ष आफ्ना किसानहरुलाई कुखुरा पालन सम्बन्धि तालिम संचालन गर्दै आएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |