धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । धादिङमा जेठ १३ गतेदेखि आइ.पि.भी (पोलियो) खोप अभियान संचालन हुने भएको छ । पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ ५ देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुलाई जेठ १३ देखि जेठ २६ गतेसम्म दुई चरणमा खोप अभियान संचालन हुने भएको हो ।
धादिङमा पहिलो चरणमा जेठ १३ गतेदेखि १७ गतेसम्म धुनिबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी, गजुरी, बेनीघाट रोराङ, रुवीभ्याली, खनियावास, गङ्गाजमुना र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने छ भने दोस्रो चरणको अभियान नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा संचालन हुने जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो ।
आईतबार धादिङबेसीमा सम्पन्न जिल्ला खोप समन्वय समिति र संचारकर्मीको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका १२ हजार ७ सय ९० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको झाले बताउनुभयो । उहाँका अनुसार जिल्लाका ४ सय ८० वटा विद्यालयमा खोप केन्द्र रहने गरी अभियान सञ्चालन हुने छ ।
जिल्ला खोप समन्वय समितिको अध्यक्षको नवराज अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा समन्वय समितिका उप प्रमुख कुलमान विश्वकर्मा र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झा लगाएतको उपस्थिति रहेको थियो ।
नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |