नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
राजु झल्लु प्रसाद
डाँडागाउँ, उखुबारी । पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक मैधीकोट खड्गदेवी मन्दिरमा वर्षाको आह्वान सहित देवी पूजा सम्पन्न भएको छ । लामो समयदेखि खडेरी परेर पानी नपरेको हुँदा धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नं ३ स्थित खड्गदेवी मन्दिर मैधीकोटमा देवी पूजा शुक्रबार दिउँसो १ बजे देवी पूजा सम्पन्न भएको हो ।
अहिले आकाशे पानी नपर्दा बारीमा लगाएको हिउँदे बाली सुक्न थालेपछि कृषक चिन्तित छन्, भने वन जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । लामो समयसम्म पानी नपरेपछि धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नं ३ स्थित खड्गदेवी मन्दिर मैधीकोटमा आकाशे पानी माग्दै शुक्रबार दिउँसो १ बजे देवीको पूजा गरिएको हो ।
लामो खडेरी र अन्नपात खेतबारीमै सुक्ने थालेपछि परम्परागत मान्यताकै आधारमा शुक्रबार दिउँसो सम्पन्न पूजामा बोका बलि दिने एवं पण्डित बोलाएर होमहोमादी लगायतका कामहरू विधिपूर्वक गरिएको हटिया निवासी अनिल श्रेष्ठले बताए ।
शुक्रबार करिब डेढ सय हाराहारीमा साविकको मैधी गाविस ९हाल वडा नं १, २ र ३० का जनमानसको उपस्थिति रहेको थियो । देवी पूजामा वडा नं। ३ का वडाध्यक्ष उमेश श्रेष्ठको समेत उपस्थिति रहेको थियो । यस पूजा पश्चात् सामूहिक रूपमा देवी पूजालाई निरन्तरता दिने निर्णय समेत भएको श्रेष्ठले बताए ।
खडेरीले अन्नबालीमा क्षति, खानेपानीको मुहान सुक्दै जानुका साथै डढेलोले जङ्गल सखाप भएपछि मैधी क्षेत्रका किसान निकै चिन्तित छन् ।
यस्तो छ मैधीकोटको ऐतिहासिकता
मैधीकोट खड्गदेवी धादिङ जिल्लाकै एक महत्त्वपूर्व पुरातात्त्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल हो, यहाँ राज्य एकीकरणकर्ता श्री ५ पृथ्वीनारायणशाहको व्रतबन्ध भएको थियो भने उनले वर्तबन्धपश्चात्को करिब ११ महिना धार्मिक ग्रन्थ अध्ययन क्रममा यहि बसोबास गरेका थिए । १२ वर्ष आरम्भ गरेका शाहले वेदकोअध्ययन कठिन भएकाले सतशती भन्ने बाच्न सक्ने गरी अध्ययन गरे । शुक्रनीति, कामन्दकीय नीतिका अतिरिक्त रामायण , महाभारत आदि ग्रन्थहरू पनि यिनलेमौखिक शिक्षाका रूपमा प्राप्त गरे।
त्यसबाहेक पनि पटकपटक उनको मैधी आगमनको घटनाहरू ऐतिहासिक स्रोतहरूमा भेट्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा आफ्ना भाइभारदारसँग छलफल गर्न यहि ठाउँ प्रयोग गरेको पाइएकाले मैधीकोट नेपाल एकीकरणको उद्गमस्थलको रुपमा समेत परिचत छ ।
छोरी हेर्नु कूलको, पानी खानु मूलको’ भनेझै श्री ५ पृथ्वीनारायणशाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी पुत्री द्वन्द्वकुमारीसँग १३ वर्षको उमेरमा भएको थियो । जसबाट गोरखा राज्यले ठूलो आर्थिक सहयोगको आश गरेको थियो । विवाह गरेर दरवार फर्कदा श्री ५ पृथ्वीनाराणशाह रित्तै आएका थिए । उक्त समयमा मकवानपुरमा ‘बढ्या छोरी ज्वाइँको साथ, सानी छोरी आमाको काख’ भन्ने लोकोक्ति प्रचलनमा थियो । त्यसैले छोरीको विवाह गरे तापनि ठूली नहुञ्जेल माइतीमा नै राख्ने अनौठो चलन थियो ।
पछिल्लो वर्ष लावालस्करसहित गौना जिम्मा दिन द्विरागमनमा पुगेका श्री ५ पृथ्वीले एकदन्त हात्ती र मोतीको हार आदिको माग गरे । तर युवराज दिग्वन्धन सेनले दिन अस्वीकार गरेकाले दिए देउ मगनी, नत्र काटी लैजाला’ भन्ने हाँक दिएर चित्लाङको बाटो हुँदै चन्द्रागिरि भञ्ज्याङ पुगेर काठमाडौँ उपत्यकाको अवलोकन गरी जीवनपुर, केवलपुर, गोगनपानी, कटुवालपौवा, कल्लेरिघाट र धादिङकोट हुँदै मैदी पुगेर त्यहीँ बसी पाल्पाका मामा उद्यत सेन झिकाई काठमाडौंको एकीकरण योजना बनाएका थिए ।
किन भयो मैधीकोटमै पृथ्वीनारायणको व्रतबन्ध ?
मैधीकोट गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले संवत् १७३० तिर स्थापना गरेका हुन् । गोरखामा युवराज वीरभद्र शाहको स्वर्गे भएपछी राज्यको उत्तराधिकारीमा खिचोला मच्चिएको थियो । राजा पृथ्वीपति शाहका छोराहरू दलुशाह र उद्योतशाह गोरखाको राजा हुने प्रयत्न हुने गर्दथे तर युवराज वीरभद्र शाहका छोरा नरभूपाल शाहको घोषणा भएपछी दलु र उद्योत शाह गोरखाबाट निकालिएका हुँदा मैधीमा आएर बस्न थाले ।
यिनै दलुशाहको दरबार हाल मैधी कोटमा थियो भनिन्छ । अहिले कायम रहेको भैरवीको मन्दिर दलुशाहको दरबारभित्र पर्छ । हाल भव्य मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने छेकबार निर्माणको क्रममा रहेको छ । गोर्खाका राजा पृथ्वीनारायण शाहका बुबा नरभूपाल शाहको तीन वटी श्रीमती रहेको र मैधीको श्रीमती माइली भएकोले जेठी माइलीसँगै गर्भ रहन गई माइलीको कोखबाट ७ महिनामा पृथ्वीनारायण शाह जन्मेपछि गर्भको हिसाबले जेठी श्रीमतीको छोरा जेठा र जन्मेको हिसाबले माहिलीको छोरा जेठो हुन पुगेकोमा पृथ्वीनारायण शाहलाई मैधीमा ल्याई व्रतबन्ध गराइएको गौरवपूर्ण इतिहास रहेको छ ।
तस्बीरहरू : अनिल श्रेष्ठ

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |