नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

वर्षाको आह्वान सहित खड्गदेवी मन्दिर मैदीकोटमा देवी पुजा

बिनोद तमु(बल्लु)
  • २०८१ बैशाख २३, आईतबार
  • २ साल अघि
  • ९ मिनेट पढाइ
  • ५१७० पटक पढिएको
वर्षाको आह्वान सहित खड्गदेवी मन्दिर मैदीकोटमा देवी पुजा

राजु झल्लु प्रसाद

डाँडागाउँ, उखुबारी । पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक मैधीकोट खड्गदेवी मन्दिरमा वर्षाको आह्वान सहित देवी पूजा सम्पन्न भएको छ । लामो समयदेखि खडेरी परेर पानी नपरेको हुँदा धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नं ३ स्थित खड्गदेवी मन्दिर मैधीकोटमा देवी पूजा शुक्रबार दिउँसो १ बजे देवी पूजा सम्पन्न भएको हो ।

अहिले आकाशे पानी नपर्दा बारीमा लगाएको हिउँदे बाली सुक्न थालेपछि कृषक चिन्तित छन्, भने वन जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । लामो समयसम्म पानी नपरेपछि धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिका वडा नं ३ स्थित खड्गदेवी मन्दिर मैधीकोटमा आकाशे पानी माग्दै शुक्रबार दिउँसो १ बजे देवीको पूजा गरिएको हो ।

लामो खडेरी र अन्नपात खेतबारीमै सुक्ने थालेपछि परम्परागत मान्यताकै आधारमा शुक्रबार दिउँसो सम्पन्न पूजामा बोका बलि दिने एवं पण्डित बोलाएर होमहोमादी लगायतका कामहरू विधिपूर्वक गरिएको हटिया निवासी अनिल श्रेष्ठले बताए ।

शुक्रबार करिब डेढ सय हाराहारीमा साविकको मैधी गाविस ९हाल वडा नं १, २ र ३० का जनमानसको उपस्थिति रहेको थियो । देवी पूजामा वडा नं। ३ का वडाध्यक्ष उमेश श्रेष्ठको समेत उपस्थिति रहेको थियो । यस पूजा पश्चात् सामूहिक रूपमा देवी पूजालाई निरन्तरता दिने निर्णय समेत भएको श्रेष्ठले बताए ।

खडेरीले अन्नबालीमा क्षति, खानेपानीको मुहान सुक्दै जानुका साथै डढेलोले जङ्गल सखाप भएपछि मैधी क्षेत्रका किसान निकै चिन्तित छन् ।

maidhikot 4.jpg

यस्तो छ मैधीकोटको ऐतिहासिकता

मैधीकोट खड्गदेवी धादिङ जिल्लाकै एक महत्त्वपूर्व पुरातात्त्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल हो, यहाँ राज्य एकीकरणकर्ता श्री ५ पृथ्वीनारायणशाहको व्रतबन्ध भएको थियो भने उनले वर्तबन्धपश्चात्को करिब ११ महिना धार्मिक ग्रन्थ अध्ययन क्रममा यहि बसोबास गरेका थिए । १२ वर्ष आरम्भ गरेका शाहले वेदकोअध्ययन कठिन भएकाले सतशती भन्ने बाच्न सक्ने गरी अध्ययन गरे । शुक्रनीति, कामन्दकीय नीतिका अतिरिक्त रामायण , महाभारत आदि ग्रन्थहरू पनि यिनलेमौखिक शिक्षाका रूपमा प्राप्त गरे।

त्यसबाहेक पनि पटकपटक उनको मैधी आगमनको घटनाहरू ऐतिहासिक स्रोतहरूमा भेट्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा आफ्ना भाइभारदारसँग छलफल गर्न यहि ठाउँ प्रयोग गरेको पाइएकाले मैधीकोट नेपाल एकीकरणको उद्गमस्थलको रुपमा समेत परिचत छ ।

छोरी हेर्नु कूलको, पानी खानु मूलको’ भनेझै श्री ५ पृथ्वीनारायणशाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी पुत्री द्वन्द्वकुमारीसँग १३ वर्षको उमेरमा भएको थियो । जसबाट गोरखा राज्यले ठूलो आर्थिक सहयोगको आश गरेको थियो । विवाह गरेर दरवार फर्कदा श्री ५ पृथ्वीनाराणशाह रित्तै आएका थिए । उक्त समयमा मकवानपुरमा ‘बढ्या छोरी ज्वाइँको साथ, सानी छोरी आमाको काख’ भन्ने लोकोक्ति प्रचलनमा थियो । त्यसैले छोरीको विवाह गरे तापनि ठूली नहुञ्जेल माइतीमा नै राख्ने अनौठो चलन थियो ।

पछिल्लो वर्ष लावालस्करसहित गौना जिम्मा दिन द्विरागमनमा पुगेका श्री ५ पृथ्वीले एकदन्त हात्ती र मोतीको हार आदिको माग गरे । तर युवराज दिग्वन्धन सेनले दिन अस्वीकार गरेकाले दिए देउ मगनी, नत्र काटी लैजाला’ भन्ने हाँक दिएर चित्लाङको बाटो हुँदै चन्द्रागिरि भञ्ज्याङ पुगेर काठमाडौँ उपत्यकाको अवलोकन गरी जीवनपुर, केवलपुर, गोगनपानी, कटुवालपौवा, कल्लेरिघाट र धादिङकोट हुँदै मैदी पुगेर त्यहीँ बसी पाल्पाका मामा उद्यत सेन झिकाई काठमाडौंको एकीकरण योजना बनाएका थिए ।

किन भयो मैधीकोटमै पृथ्वीनारायणको व्रतबन्ध ?

मैधीकोट गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले संवत् १७३० तिर स्थापना गरेका हुन् । गोरखामा युवराज वीरभद्र शाहको स्वर्गे भएपछी राज्यको उत्तराधिकारीमा खिचोला मच्चिएको थियो । राजा पृथ्वीपति शाहका छोराहरू दलुशाह र उद्योतशाह गोरखाको राजा हुने प्रयत्न हुने गर्दथे तर युवराज वीरभद्र शाहका छोरा नरभूपाल शाहको घोषणा भएपछी दलु र उद्योत शाह गोरखाबाट निकालिएका हुँदा मैधीमा आएर बस्न थाले ।

यिनै दलुशाहको दरबार हाल मैधी कोटमा थियो भनिन्छ । अहिले कायम रहेको भैरवीको मन्दिर दलुशाहको दरबारभित्र पर्छ । हाल भव्य मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने छेकबार निर्माणको क्रममा रहेको छ । गोर्खाका राजा पृथ्वीनारायण शाहका बुबा नरभूपाल शाहको तीन वटी श्रीमती रहेको र मैधीको श्रीमती माइली भएकोले जेठी माइलीसँगै गर्भ रहन गई माइलीको कोखबाट ७ महिनामा पृथ्वीनारायण शाह जन्मेपछि गर्भको हिसाबले जेठी श्रीमतीको छोरा जेठा र जन्मेको हिसाबले माहिलीको छोरा जेठो हुन पुगेकोमा पृथ्वीनारायण शाहलाई मैधीमा ल्याई व्रतबन्ध गराइएको गौरवपूर्ण इतिहास रहेको छ ।

तस्बीरहरू : अनिल श्रेष्ठ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

३ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

३ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0