धादिङ,१६ बैशाख
बैदेशिक रोजगारमा जाने तयारी गरेका युवाहरुको लागि आयोजिक एक दिने स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा आईतबार जिल्ला प्रशासन कार्यालय धादिङको हलमा एक दिने स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।बैदेशिक रोजगारको क्रममा हुने स्वास्थ्य जोखिर र दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सावधानीको विषयमा जानकारी गराईएको थियो।
कार्यक्रममा सुरक्षित बैदेशिक रोजगारको प्रक्रियाको बारेमा समेत जानकारी गराईएको थियो ।कार्यक्रममा धादिङ अस्पतालका डा. दिनेश रेग्मीले बैदेशिक रोजगारको क्रममा हुने स्वास्थ्य जोखीमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।परदेशमा कामदारले गर्नुपर्ने स्वास्थ्य सुरक्षाको विषयमा जानकारी गराउनुभयो ।स्वस्थ्य रहनको लागि अपनाउनुपर्ने प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो । परदेशमा हुने समस्याहरु जस्तै मिर्गौला फेल, संक्रमण शारीरिक चोटपटक, मुटुसम्बन्धी समस्या, प्रतिरोध क्षमता कमजोर, मानसिक समस्या जस्ता स्वास्थ्य समस्या देखीने बताउनुभयो ।
यसैगरी कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले सुरक्षित बैदेशिक रोजगारको प्रक्रियाको विषयमा जानकारी गराउनु भएको थियो । सिप तालिमको महत्व,बैदेशिक रोजगारमा हुने ठगी, कागपत्रको महत्व,नेपालका विमान स्थल प्रयोग गर्दाको फाईदा लगायतको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |