धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१४ चैत ।
धादिङको गल्छि गाउँपालिकाले कक्षा ८ को परिक्षामा परिक्षा केन्द्र परिवर्तन गरेपछि द्यिार्थीहरुले सास्ती खेप्नुपरेको छ । कक्षा ८ को परिक्षा दिनको लागि दुई घण्टा सम्मको यात्रा गर्नुपर्ने बाध्यता बनेको छ । गल्छी गाउँपालिकामा कक्षा ८ को परिक्षा केन्द्र आफ्नो विद्यालय बाहिर राखेपछि परिक्षार्थीहरुलाई समस्या परेको हो । गल्छी गाउँपालिका वडा नम्बर ८ को सिम्पानी,आदामारा,चैनपुर लगायतको क्षेत्रका परिक्षा दिनको लागि विद्यार्थीहरुलाई समस्या परेको हो ।
यसैगरी गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको बालकुमारी आधारभुत विद्यालयका २२ जना विद्यार्थी परिक्षा दिनका लागि द राइजिङ भिलेज इगंलिस सेकेन्डरी स्कुल बैरेनी बजार सम्म जानुपर्ने बाध्यता रहेको छ ।परिक्षा दिन जान र घर फर्कनका लागि दिनभर लाग्नेभएपछि शारिरीक अप्ठेरो सँगै मनोबैज्ञानिक तनाव समेत बढेको विद्यार्थीहरुले बताएका छन् । यसैगरि गल्छी गाउँपालिका वडा नम्बर ३ को धादिङ आधारभुत विद्यालयका विद्यार्थी गल्छी गाउँपालिका वडा नम्बर २ मा रहेको कल्लेरी माविमा परिक्षा दिनुपर्ने बाध्यता छ ।
गल्छी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणाको तयारी भएको भएपनि बालअधिकार विरोधी क्रियाकलाप पालिकाको शिक्षा शाखाबाट भएकोले बालअधिकार विरोधी क्रियाकलाप र विद्यार्थीलाई परिक्षाको नाममा सास्ती दिने काम बन्द गर्नु पर्ने बालअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल अधिकारकर्मी गोकर्ण रुपाखेतीले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |