धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टारमा भएको निःशुल्क मुटु जाँच शिविरमा ३ सय ३५ जनाले सेवा लिएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा सल्यान्टार स्वास्थ्य केन्द्रमा भएको शिविरमा ३ सय ३५ जनाले सेवा लिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा ३४ जनाको ईको र १ सय ५६ जनाको ईसिजी परिक्षण गराएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश र चितवन शाखाको संयोजन तथा चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा आएको चिकित्सक टोलीले वीपी जाँच, सुगर परिक्षण, ईसिजी तथा ईको सेवा प्रदान गरेको हो ।
साथै मुटुरोग सम्वन्धमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम समेत गरिएको श्रेष्ठले बताउनुभयो । आफ्नै ठाउँमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउदा नागरिकहरु खुशी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |