धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,८ चैत
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको छ । सामुदायिक (छाडा) कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर ९० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले जानकारी दिनुभयो ।कुकुरलाई रेबिजविरुद्ध खोप र बिरामी कुकुरको उपचार समेत गरीएको भण्डारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

नीलकण्ठ नगरपालिकाको आयोजना र नेशनल जुनोशिस एण्ड फुड हाईजिन रिसर्च सेन्टर चागल काठमाण्डौँको संयोजनमा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको हो ।
सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको भण्डारीले बताउनुभयो ।शिविरमा खटिएको विज्ञसहितको टोलीले वडाको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाडीएको बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |