धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ्ग,१ चैत ।
जिल्ला स्तरीय न्यायिक समितिको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा चयन हुनुभएको छ।जिल्ला स्थित सबै स्थानीय सरकारको न्यायिक समितिका पदाधिकारीको भेलाले विश्वकर्माको अध्यक्षतामा जिल्ला स्तरीय न्यायिक समिति मञ्चको गठन गरीएको हो।सबै स्थानीय सरकारको न्यायिक समितिका संयोजकहरु सदस्य रहने गरी जिल्ला स्तरीय न्यायिक समिति मन्च गठन गरीएको हो ।
भेलाले विभिन्न ७ वटा निर्णय समेत गरेको छ । भेलाले जिल्ला स्थित सबै स्थानीय सरकारहरुको न्यायिक समितिबाट हुने न्यायिक निरुपणका कार्यहरुमा एकरुपता हुने गरी निर्देशिका बनाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ । यसैगरी जिल्ला स्थित स्थानीय न्यायिक समितिहरुबाट भएका कार्य तथा असल अभ्यासको आदान प्रदान गर्ने,न्यायिक समितिबाट हुने कार्यहरुमा सहजिकरण गर्ने,जिल्लाका न्यायिक समितिका पदाधिकारीहरुको बैठक कम्तिमा २ महिनामा १ पटक बस्ने गर्ने निर्णय गरेको छ।
भेलाले जिल्लाका स्थानीय सरकारका न्यायिक समितिका पदाधिकारीहरुको आगामी बैठक २०८० साल बैशाख महिनामा धुनीवेशी नगरपालिकामा आयोजन गर्ने र सो भन्दा पछि बस्ने बैठक त्रिपुरासुन्दरी गाउँपालिकामा गर्ने निर्णय गरीएको छ।भेलाले आगामी बैठकमा न्यायिक समितिबाट कार्य सम्पदान गर्दा दुुविधा वा अप्ठेरो परेको विषय तथा असल अभ्यासहरु सम्बन्धमा सिकाई आदान प्रदान गर्ने समेत निर्णय गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |