वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
शिव प्रसाद लम्साल, धादिङबेशी । नेपाल रेडक्रस सोसाइटी धादिङको १७ औँ शिक्षक नायक एवम् २५ औँ जुनियर/युवा गोष्ठी शुक्रबार देखि सुरु भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय खाल्टेमा सुरु भएको जुनियर युवा गोष्ठिमा धादिङका ५५ वटा विद्यालयका शिक्षक नायक र जुनियर युवा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा शुक्रबार देखि गोष्ठि सुरु भएको हो । गोष्ठि उद्घाटन गर्दै समन्वय प्रमुख अधिकारीले रेडक्रसले सेवा अनुशासन र सिर्जनशिलता अभिवृद्धिमा सहयोग गर्दै आएको बताउनु भएको छ । रेडक्रसमा लाग्नेहरुले समाज बुझ्न सक्ने बताउँदै अधिकारीले समाजको ज्ञान विना विकासका कुनै काम गर्न नसकिने धारणा राख्नु भएको थियो ।
त्यसैगरि कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवम् जुनियर युवा विकास समितिका संयोजक विष्णुराज नेपालले मानवीय तथा सामाजिक विकासमा रेडक्रसले गरिरहेका कामहरु बारेमा बताउनु भएको थियो । रेडक्रस धादिङका उपमन्त्री एवम् जुनियर युवा समितिका संयोजक मिम्वा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय समित सदस्य नारायण तिमल्सिना, नीलकण्ठ नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ लगायतले रेडक्रसको काम, भूमिका र जिम्मेवारीका विषयमा आआफ्ना धारणा राख्नु भएको थियो ।
गोष्ठिको वन्दसत्रमा जलवायु परिवर्तनमा युवाहरुको भूमिका र मानवीय सेवामा रेडक्रसकर्मिको जिम्मेवारीको विषयमा प्रशिक्षण भएको थियो । गोष्ठबाट जुनियर युवाहरुले आगामी बर्षको कार्य योजना निर्माण गर्नेछ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।