धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
शिव प्रसाद लम्साल, धादिङबेशी । नेपाल रेडक्रस सोसाइटी धादिङको १७ औँ शिक्षक नायक एवम् २५ औँ जुनियर/युवा गोष्ठी शुक्रबार देखि सुरु भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय खाल्टेमा सुरु भएको जुनियर युवा गोष्ठिमा धादिङका ५५ वटा विद्यालयका शिक्षक नायक र जुनियर युवा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा शुक्रबार देखि गोष्ठि सुरु भएको हो । गोष्ठि उद्घाटन गर्दै समन्वय प्रमुख अधिकारीले रेडक्रसले सेवा अनुशासन र सिर्जनशिलता अभिवृद्धिमा सहयोग गर्दै आएको बताउनु भएको छ । रेडक्रसमा लाग्नेहरुले समाज बुझ्न सक्ने बताउँदै अधिकारीले समाजको ज्ञान विना विकासका कुनै काम गर्न नसकिने धारणा राख्नु भएको थियो ।
त्यसैगरि कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवम् जुनियर युवा विकास समितिका संयोजक विष्णुराज नेपालले मानवीय तथा सामाजिक विकासमा रेडक्रसले गरिरहेका कामहरु बारेमा बताउनु भएको थियो । रेडक्रस धादिङका उपमन्त्री एवम् जुनियर युवा समितिका संयोजक मिम्वा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय समित सदस्य नारायण तिमल्सिना, नीलकण्ठ नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठ लगायतले रेडक्रसको काम, भूमिका र जिम्मेवारीका विषयमा आआफ्ना धारणा राख्नु भएको थियो ।
गोष्ठिको वन्दसत्रमा जलवायु परिवर्तनमा युवाहरुको भूमिका र मानवीय सेवामा रेडक्रसकर्मिको जिम्मेवारीको विषयमा प्रशिक्षण भएको थियो । गोष्ठबाट जुनियर युवाहरुले आगामी बर्षको कार्य योजना निर्माण गर्नेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |