धादिङ,२२ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का कृषकहरुलाई कृषि औजार,विउ,विषादी र कुटानी पिसानी मेल वितरण गरीएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको सुर्यदया साना किसान कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास कार्यालयको साझेदारीमा कृषकहरुलाई कृषि औजार वितरण गरीएको हो ।
कृषकहरुलाई विउवितरण,विषादी वितरण, ,त्रिपाल वितरण,हाते ट्याक्टर ९ वटा, मिल २ वटा, विषादी छर्कने पम्प ९ वटा,त्रिपाल २० थाना वितरण गरीएको छ । कृषकहरुलाई कृषि क्षेत्रमा काम गर्न सहजहोस भनेर कृषि औजार वितरण गरीएको हो । चैते धान प्रवद्र्धन कार्यक्रम अन्तरगत सहकारीको ४ लाख र कृषि विकास कार्यालयको ४ लाख गरी कुल ८ लाखको कृषि औजारहरु वितरण गरीएको हो ।
सहकारीका अध्यक्ष छविन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यालयका अधिकृत देवेस राई सम्पाङ,कृषि अधिकृत जयराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |