धादिङ २०, फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको समता स्कुलको छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ । समता एजुकेशन फाउण्डेशन काठमाडौंद्धारा सञ्चालित समता स्कुल धादिङ शाखाले छैटौँ बार्षिक उत्सव विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको हो । समता स्कुलका प्रिन्सिपल संगिता क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेल,पत्रकार तथा मनोविमर्शकता रामकुमार थापा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शैक्षिक तथा सांस्कृतिक नृत्य लगायत विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाहरु प्रस्तुत गरीएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठले समता स्कुलले सस्तो सुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेकाले यसको विकासका लागि आफू र नगरपालिका सदैव सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना नयाँ काम गर्ने सोच बोक्नु भएको नेता भएको भन्दै श्रेष्ठले समता विद्यालयको सहयोगको लागी नगर प्रमुख तयार रहनुभएको समेत बताउनुभयो ।विशेष कारणबस कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै श्रेष्ठले नगर प्रमुख भीम प्रसाद ढुंगानाको शुभकामन शन्देश पढेर सुनाउनु भएको थियो ।समुत स्कुल धादिङमा हाल १ सय २० जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ।
समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक सञ्जेलले समता स्कुल कम शुल्कमा गुणस्तरिय शिक्षा दिन सफल भएको बताउनुभयो ।स्कुलमा आर्थिक तथा भौतिक उपलब्धताको समस्या हुँदा हुदैँपनि गुणस्तरीय शिक्षा दिरहेको बताउनुभयो अहिले कक्षा ५ सम्म अध्यापन गराई रहेको समता स्कुलको विकासका लागि यँहाको स्थानिय तह र जनसमुदायको सहयोग रहयो भने अबको केहि बर्षपछि कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको अध्यक्ष सञ्जेलले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |