नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी । सिद्धलेक गाउँपालिकाले बालबालिकाहरुको लागि निशुल्क आँखा शिविर संचालन गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा दृष्टि आई केयर कलंकी काठमाडौँको समन्वयमा र सहयोगमा बालबालिकाहरुको लागि निशुल्क आँखा शिविर संचालन गरेको हो ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरर्गत गाउँपालिका भित्र रहेका १३ वटै माध्यामिक विद्यालयमा शिविर संचालन हुने स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले शिविर संचालन गरिएको शाहले बताउनुभयो ।
साना बच्चाहरु जथाभावि खेल्ने र आँखाको ख्याल नराख्ने हुँदा यसले भविस्यमा आँखा सम्वन्धी समस्या देखा पर्ने कुरालाई मध्यनजर गर्दै बिद्यार्थीहरुको आँखा जाँच गरिएको उहाँले नीलकण्ठ एफ.एम.लाई बताउनुभयो ।
आँखा मानव जीवनको महत्पूर्ण र संवेदनशिल अंग भएकाले पनि आँखाको हेरचाहमा सानै उमेरदेखि ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार शिविरमा दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरुलाई चस्मा र आषौधी समेत निःशुल्क वितरण गरिएको छ ।
मंगलबार कालीदेवी मा.वि. आरुवासमा भएको आँखा शिविरमा २ सय जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको थियो । जसमध्ये १० जनालाई समस्या देखिएको छ भने ६ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको थियो । हिजो बुधबार पन्चमुखी मा.वि मैदानमा भएको शिविरमा १८० जना विद्यार्थीको आँखा परिक्षण गरिएकोमा ६ जनालाई जस्मा वितरण गरिएको छ ।
त्यसैगरी आज बिहीबार अकलादेवी मा.वि कमलबारीमा आँखा जाँच शिविर संचालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |